After SEE Portal

माविमा कोशीबाट आवेदन दिने धेरै

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि गत पुस ८ गते माग गरेको विज्ञापनमा ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् ।

आयोगका सूचना अधिकारी कृष्ण प्रसाद ढुंगानाका अनुसार प्रदेशगत रुपमा कोशीबाट १० हजार ७५९, मधेशबाट २३९१,बागमतीबाट ९१९६ लुम्बिनीबाट ५०८२, गण्डकीबाट १०२६८, कर्णालीबाट ३४४६ र सुदुरपश्चिमबाट २७४६ जनाले आवेदन दिएका छन् ।

प्रदेश

आवेदक

कोशी

१०७५९

मधेश

२३९१

बागमती

९१९६

लुम्बिनी

५०८२

गण्डकी

१०२६८

कर्णाली

३४४६

सुदुरपश्चिम

२७४६

 विषयगत रुपमा

सामाजिक विषयमा मा ५३ पदको लागि ७ हजार ६४६, नेपालीमा ६७ पदको लागि ९ हजार ६३८ जना अङ्ग्रेजीमा ७९ पदको लागि १० हजार ६१६ जना, गणितमा ८५ पदको लागि ५ हजार ७००,विज्ञानमा १२४ पदमा भएको विज्ञापनमा ६ हजार ५३७ जना ले आवेदन दिएको सूचना अधिाकरी ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार, कार्यालय सञ्चालन तथा लेखामा १५ दरबन्दीका लागि गरिएको विज्ञापनमा १ हजार ८८७ जना, र संस्कृति व्याकरणमा ३ दरबन्दीका लागि २५ जनाको आवेदन परेको छ ।

सामाजिक

सामाजिकमा ५३ दरबन्दीका लागि ७ हजार ६४६ जनाले आवेदन दिएका छन् । कोशीमा ११ दरबन्दीका लागि १ हजार ६८९, मधेशमा ७ दरबन्दीका लागि ९४१, बागमतीमा १० दरबन्दीका लागि १ हजार ४१३, गण्डकीमा १६ दरबन्दीका लागि १ हजार ८८७ जना, लुम्बिनीमा ४ दरबन्दीका लागि ७१८ जना, कर्णालीमा ५ दरबन्दीका लागि ९९८ जनाले आवेदन दिएका छन् ।

नेपाली

सूचना अधिकारी ढुङानाका अनुसार अनिवार्य नेपालीमा कोशीमा २२ पदको लागि बढी २ हजार ८६६ जना, मधेशमा ४ दरबन्दीका लागि ४३७ जना, वाग्मतीमा ८ दरबन्दीका लागि १ हजार १२९ जना, गण्डकीमा २१ पदको लागि २ हजार ७८९ जना, लुम्बिनीमा ५ दरबन्दीका लागि १ हजार २३ जना, कर्णालीमा ६ पदको लागि १ हजार ६ जना र सुदूरपश्चिममा १ (समावेशी अन्तर्गत खुला)पदका लागि ३८८ जनाले दर्खास्त दिएक छन् ।

अङ्ग्रेजी

अङ्ग्रेजी विषयमा ७९ दरबन्दीका लागि आवेदन माग गरिएकोमा १० हजार ६१६ जनाले दर्खास्त दिएका छन् । कोशी प्रदेशमा २३ दरबन्दीका लागि २ हजार ९७७, मधेशमा २ दरबन्दीका लागि २९५ , बाग्मतीमा १७ दरबन्दीका लागि २ हजार २८५, गण्डकीमा १५दरबन्दीका लागि २ हजार ८० ले आवेदन दिएका सूच्ना अधिकारी ढुङ्गानाले जानकारी दिए । त्यसैगरी लुम्बिनीमा ५ दरबन्दीका लागि ९१२ जना, कर्णालीमा ८ दरबन्दीका लागि ७७३ जना र सदुरपश्चिममा ९ दरबन्दीका लागि १ हजार २९४ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

गणित

आयोगले सातै प्रदेशबाट गणितमा ८५ दरबन्दीका लागि विज्ञापन गरेको थियो । यो विषयका लागि कुला ५ हजार ७०० जनाले आवेदन दिएका छन् । कोशीमा २३ दरबन्दीका लागि १ हजार ३६६ जना, मधेशमा २ पदको लागि १७९ जना, वागमतीमा २१ दरबन्दीका लागि भएकोमा १ हजार ४७९ जना, गण्डकीमा २५ दरबन्दीका लागि १ हजार ३५४ जना, लुम्बिनीमा १० दरबन्दीका लागि ९०२ जनाले जना, कर्णालीमा १ दरबन्दीका लागि १३० र सुदूरपश्चिममा ३ दरबनदीका लागि २९० जनाले आवेदन दिएका छन् ।

विज्ञान

विज्ञानमा १२४ पदमा विज्ञापन भएकोमा ६ हजार ५३७ जनाले आवेदन दिएका छन् । कोशीमा २७ दरबन्दीका लागि १ हजार २८४, मधेशमा ८ दरबन्दीका लागि ३२२, बागमतीमा २१ दरबनदीका लागि १ हजार २७७, गण्डकीमा ३१ दरबन्दीका लागि १ हजार ५४० जना, लुम्बिनीमा १८ दरबन्दीका लागि ४३१, कर्णालीमा १० दरबन्दीका लागि ४३१, सुदूरपश्चिममा ९ दरबन्दीका लागि ५१६ जनाले आवेदन दिएको सूच्ना अधिकारी ढुङ्गानाले बताए ।

अर्थशास्त्रमा ७ दरबन्दीका लागि विज्ञापन भएकोमा ३७३ जनाले आवेदन दिएका छन् । संस्कृतिमा ३ दरबन्दीका विज्ञापन भएकोमा २५ जना, कार्यालय सञ्चालन तथा लेखामा १५ दरबन्दीका लागि १ हजार ८८७ जनाले आवेदन दिएका छन् । कम्प्युटरमा ३ दरबन्दीका लागि विज्ञापन भएकोमा २२१ जनाले प्रतिस्पर्धा गर्ने आयोगले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books