A Levels MA

शिक्षक आयोगमा पुनःयोगको भीड

काठमाडौँ, ४ पुस (रासस) : शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । 

केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ । उहाँले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताउनुभयो । 

सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताउनुभयो । आयोगले पुनःयोगबारे विज्ञ बोलाइ पुनःयोग गर्नेछ । करीब ४० प्रतिशत शिक्षक अनुत्तीर्ण भएका छन् । उहाँका अनुसार दैनिक सय जनाको दरले तीनै तहमा पुनःयोगका लागि निवेदन दिएका छन् । पुनःयोग दिएकामध्ये अहिलेसम्म ५० निवेदनमध्ये एक जनाको मात्र परिवर्तन भएको उहाँले बताउनुभयो । 

यस वर्ष खुलातर्फ १२ हजार ७३७ र आन्तरिकतर्फ १२ हजार ५७३ पदका लागि विज्ञापन गरिएको थियो । 

Thuprai - Books and E-books