After SEE Portal

लुम्बिनी प्रदेशका प्रावि र निमाविका शिक्षक बढुवा (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक तह प्रथम श्रेणीको लुम्बिनी प्रदेशको शिक्षक बढुवा गरेको छ । 

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनी प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशन गरेको हो ।

विभिन्न समयमा बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहररूको नमावली प्रकाशित गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books