SEE Result 2082

पन्चकन्याका २० जना विद्यार्थीलाई पढाउँदै स्थानीय

काठमाडौंको बालुवाटार लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयमा स्थानीय ९ जना अभिभावकले विपन्न तथा जेहेन्दार २० जना विद्यार्थीलाई स्वतःस्फुर्त रुपमा पढाउँदै आएका छन् ।

सरकारले आधारभूत तहसम्मको शिक्षा निःशुल्क घोषणा गरेपनि त्यो व्यवहारमा लागु हुन नसक्दा बिचैमा पढाइ छाड्नु पर्ने अवस्थाका जेहेन्दार विद्यार्थीलाई स्थानीय तथा वैदेशिक रोजगारीका सिलसिलामा विदेसिएका युवाले पढाउँदै आएका हुन् ।

चण्डोल स्थायी घर भई हाल युके बस्दै आएका विनोद शर्माले गत वर्षदेखि सो विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । गत वर्षदेखि उनले सुरु गरेको सो सहयोग यो वर्ष पनि कक्षा तीनमा अध्ययनरत शिक्षा उपाध्यय र कक्षा एकमा अध्ययनरत आएशा दनुवारलाई रू ६ हजारका दरले प्रदान गरेको प्रधानाध्यापक विनिता रञ्जितले बताइन् । ‘उहाँहरुले स्वतः स्फुर्त रुपमा आर्थिक सहयोग गर्नुहुन्छ ।’ उनले भनिन्,‘सो पैसाले एक जना विद्यार्थीलाई एक वर्षका लागि पोसाक तथा स्टेसनरी सबै पुग्छ यसका साथै उहाँले यी छात्रालाई पढेजति पढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’

त्यस्तै  चण्डोल निवासी दिपक खनाल र लिला खनालले यो वर्ष पनि आफ्नो आर्थिक सहयोग जारी राखेका छन् । उनीहरुले यो वर्ष पनि कक्षा ७ मा अध्ययनरत दिपेश आले र कक्षा एकमा छात्रा विवेक दुलाललाई रू ५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेका छन् ।

त्यस्तै कामना स्मृति सामाजिक सेवावाट पूर्व एसएसपि यादवराज खनालले निरन्तर रुपमा तीन जनालाई आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । उनले यो यस वर्षवाट तीन जना विद्यार्थीलाई रू ५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको विद्यालयले जानकारी दियो ।

त्यस्तैगरी तुलसीराम न्यौपानेलगायतले अन्यले विद्यालयमा अध्ययनरत जम्मा २० जना छात्राछात्रलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गर्दै आएका छन् ।

पढाइमा अत्यन्तै जेहेन्दार बालबालिकाहरुले आर्थिक कारणले गर्दा बिचैमा पढाई छाड्नु नपरोस् भन्ने लक्ष्यले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको संयुक्त सहजीकरण पशचात स्थानीय अग्रजले बालबालिकालाई आर्थिक सहयोग सहित उनीहरुको शैक्षिक उन्नयमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानाध्यापक रञ्जितले बताइन् ।

+2 School
Counseling
Bachelors Portal