After SEE Portal

माविको लाइसेन्स वितरण सुरु, कर्णालीको बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले साउन माध्यमिक तह अध्यापन अनुमतिपत्र अध्यापन अनुमतिपत्र वितरण गर्न सुरु गरेको छ ।

आयोगले साउन ३ गते प्रकाशित विज्ञापन नम्बर ३७-०७८ मा परीक्षा केन्द्र कायम गरेको जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा अध्यापन अनुमति पत्र पठाइसकेको छ ।

सफल भएका उम्मेदवारले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट अध्यापन अनुमति पत्र लिन सक्ने आयोगले जानकारी दियो ।

अध्यापन अनुमतिपत्र वितरण कार्य सुरु भएको एकवर्ष भित्र सम्बन्धित जिल्लाबाट लिई सक्नु पर्ने आयोगले अहिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आवश्यक कागजात

अध्यापन अनुमतिपत्र प्राप्त गर्नको लागि माध्यमिक शिक्षा परीक्षा देखि स्नातक तह सम्म उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, शिक्षा विषयमा कम्तीमा १० महिना तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि, मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रामा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको भए उक्त योग्यता नै तालिम सरह हुने तर विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेकाको हकमा तालिम अनिवार्य नहुने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

विदेशी शैक्षिक संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षताको प्रमाणपत्र लगायतका व्यक्तिगत परिचयपत्र आवश्यक पर्ने आयोगले जानकारी दियो ।

कणाली प्रदेशको बढुवाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कणाली प्रदेशले बढुवाको नतिजा सार्वजनिक गरेको छ ।

विभिन्न मितिको निर्णयानुसार बढुवाको लागि निवेदन पर्न आएका उम्मेदवारहरुमध्ये शिक्षक सेवा आयोग नियमावली ( २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्ग प्राप्त गर्ने शिक्षकलाई बढुवाका लागि सिफारिस गरेको छ ।

उम्मेदवारहरुको नामावली शिक्षक सेवा आयोग नियमावली-२०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो ।

बढुवा सिफारिस समितिले गरेका बढुवा उपर चित्त नबझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रतोकिएको राजस्व तिरी निर्देशनालयमा उजुरी दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA