After SEE Portal

धर्यताका साथ विपत्तिको सामना गरौं

Bridge Course
हेरम्बराज कडेल, प्रधानाध्यापक,विश्वनिकेतन माध्यमिक विद्यालय

देश विषम परिस्थितिमा छ । देश मात्र होइन अहिले विश्वमा नै कोरोनाभाइरस (कोभिड–१९) को सन्त्रास छ । यो काबु बाहिरको विषम परिस्थितिलाई विश्वले दुःखद तरिकाले खेपिरहेको छ । सामना गरिरहेको छ ।

हामी मात्र होइन विश्वका अधिकांश प्रभावित मुलुकका आम मानिस क्वारेन्टायनमा छन् । हामी पनि बसिरहेका छौं । चाहेर होइन बाध्यताले घरभित्र बस्न बाध्य छौं । वर्तमान विश्व परिवेश र हाम्रो मुलुकको परिवेशलाई अध्ययन गर्दा अहिलेलाई यो नै उचित कदम हो ।

हामी हाम्रै सावधानीले यो विश्वव्यापी महामारीबाट छुटकारा पाउन सक्छौं वा यसको संक्रमणबाट बच्छौं त्यसैले नहिच्किचाइ घरैभित्र बसौं, व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिई आफू पनि बाँचौं अरुलाई पनि बचाउँ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरौं ।

मुलुक दुखेको बेला, पीडामा छटपटाएको बेला यसलाई अझ मलजल गर्ने कोशिष नगरौं । यो विषम परिस्थितिमा विभिन्न सामाजिक सञ्जाल र फेसबुकमा आएका भ्रामक तथा बेतुके अफवाहको पछि लागेर आफू र आफ्नो परिवार तथा समाजलाई आतंकित पार्ने कोशिष नगरौं । यस्ता मनोवैज्ञानिक त्रास उत्पन्न गराउने सामग्री कोही कसैले संप्रेषण नगरौं ।

सानासाना विद्यार्थी भाइबैनीहरूले आफूलाई उपयोगी हुने सिकाइ सामग्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको वेबसाइटबाट पढ्ने कोशिष गर्नुहोला । घरभित्रै बसी–बसी आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउने कोशिष गर्नुहोला । यो विषम परिस्थितिमा हतोत्साही नभइकन धर्य बनेर घर भित्रै बस्नुहुन अनुरोध गर्न चाहन्छु ।

हरेक व्यक्तिमा केही न केही अन्तर्निहित क्षमता हुन्छ । त्यसैले सबै विद्यार्थी भाइबहिनील आआफ्नो रुचिको काम गर्नु होला । चित्रकारितामा रुचि हुनेले चित्र कोर्नु होला, संगीतमा रुचि हुनेले संगीत सिक्नु होला, कपडामा बुट्टा भर्न रुचि हुनेले बुट्टा भर्नुहोला जसलाई जुन विषयमा रुचि छ त्यही विषयलाई अझ तिखार्नु होला । तर अनावश्यक रुपमा घर बाहिर निस्कने कोशिष नगर्नु होला ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रतिक्षामा बस्नु भएका सम्पूर्ण विद्यार्थीले यो खाली समयमा आफ्नो तयारीलाई अझ व्यापक बनाउनु होला । तर यो विषम घडीमा आफ्नो धर्यतालाई नगुमाउनु होला । थप अभ्यासका लागि समय मिल्यो भनेर आफ्नो तयारी अघि बढाउनु होला ।

शिक्षक साथीहरूले आफ्ना विद्यार्थीलाई सामाजिक सञ्जाल तथा टेलिफोन सम्पर्कमा रहेर सामाजिक सञ्जालको अफवाहको पछि लागेर उत्पन्न हुने मनोवैज्ञानिक त्रासबाट बचाउनु होला र आफू पनि सकारात्मक बनी सकारात्मक चिन्तनको विकास गर्नुहुन विनम्र अनुरोध गर्न चाहन्छु ।

छिमेकी मुलुकको अभ्यासलाई हेर्दा पनि यो महामारीबाट आफ्नै सावधानीले बच्न सक्छौं भन्ने पुष्टि भइसकेको छ । त्यसैले मित्रराष्ट्र चीनको असल अभ्यासलाई अनुसरण गरौं । क्वारेन्टायनबाट आफ्नो सिकाइलाई अघि बढाउँ भन्न चाहन्छु ।

A Levels MA
Thuprai - Books and E-books