After SEE Portal

सामाजिक दुरी कायम गर्न वेबसाइटमा कक्षा

Bridge Course

के तपाईँ कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट आफ्ना बालबालिकालाई कसरी जोगाउने ? आफ्ना छोराछोरीको पठनपाठनलाई निरन्तरता कसरी दिने ? कसरी सामाजिक दुरी कायम गर्ने ? भन्ने चिन्तामा हुनुहुन्छ ?

यदी यस्तो तनावमा  तपाईँ हुनुहुन्छ भने धन्दा नमान्नुस् । तपाईँका छोराछोरीलाई घरैमा बसी बसीे पढ्न र रमाइलो तरिकाले सिक्न सक्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका वेबसाइट र अन्य एजुकेसन कल्स्टरद्वारा बालबालिकाको सिकाइका निमित्ति तयार गरिएका उपयोगी सामग्री भएका वेबसाइट शिक्षा तथा मानव स्रोत केन्द्रले आज सार्वजनिक गरेको छ ।

विभिन्न कक्षाका फरक फरक विषयका पाठ्यसामग्री भएका वेबसाइट केन्द्रले सार्वजनिक गरेको हो ।

केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार बालबालिकालाई अभिभावकले उनीहरूकै चाहाना अनुसार सिक्न अभिप्ररित गरी सामाजिक दुरी कायम गर्दै कोरोना भाइरसको प्रकोपबाट आफू पनि बच्न र अरुलाई बचाउन सहयोग मिलोस् भन्ने उद्देश्यले वेबसाइट सार्वजनिक गरिएको ह

A Levels MA
Thuprai - Books and E-books