A Levels MA

सिकाइ र शिक्षक

आज मैले कुरा गर्न खोजेको विषय सिकाइसँग सम्बन्धित छ । सिकाइका प्रकारतिर पनि म जान्न । पछिल्लो समयमा हामीले प्रोग्रेसिभिज्म् भन्यौँ अथवा प्रोग्रेसिभ लर्निङ भन्यौँ। प्रयोजनवादी सिकाइको बुझाइ नकारात्मक पनि भएको छ । यो नकारात्मक बुझाइलाई चिर्ने प्रयत्न गर्छु ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनमा अध्यापनका बेला विभिन्न विद्यार्थी भेट्छौँ । विद्यार्थी पनि नभनौँ स्कलर भेट्छौँ । हामीहरुको सबैभन्दा बढी समय पोस्ट ब्याचलरको सिकाइमा जान्छ । पोस्ट ब्याचलर र वियोन्डमा कुराकानी गर्दा कस्तो कुरा आउँछ भने एक थरीको बुझाइ सिकाइ भनेको शिक्षक वा प्राध्यापकले सुनाइदियोस् अनि हामी जाँचमा लेख्छौँ । त्यस्तो धारणा लिएर एक थरिका साथीहरु पनि आउनुहुन्छ । उहाँहरुको डोमिनेन्ट डिस्कोर्स भनेको प्राध्यापकले सुनाउँछ, नोट लेखाउँछ र हामी जाँच दिन्छौँ भन्ने एउटा कुरा । पछि गएर सेमेस्टर लागू भए पनि त्यही पद्धतिबाट चलेको छ नेपालका धेरै विश्वविद्यालयहरुमा । एक प्रकारको पेडागोजिकल क्राइसिस भन्छु । त्यो प्रकारको क्राइसिस देख्छु । अर्काे पट्टी साथीहरुले डिस्कोर्स सुन्नुभएको हुन्छ, पत्रपत्रिकाका लेख पढ्नुभएको हुन्छ कि सिकाइ भनेको एकदमै अफोर्डलेस (मेहेनेत गर्नु नपर्ने) हो । विद्यार्थी केन्द्रीत भनेको एनिथिङ गोज हो है भन्ने सोचाइ बोकेर पनि आउनुहुन्छ ।

पहिलो पक्षबाट पनि जसले सिकाइ, पढाइ, लेखाइ भनेको सिक्ने कुरा भनेको अर्काले सुनाउने, मैले सुन्ने र जाँचमा त्यही ओकल्ने भन्नेको पनि समस्या हुन्छ । अर्काे यो इफोर्टलेस हो हामीले खासै धेरै केही गर्नुपर्दैन, हामीले जे गर्छाैँ सिकाइ नै त्यही हो भन्ने । यी दुइटै सिकाइका सुपरफिसियल अन्डरस्ट्यान्डिङ हुन । हामी आफैँ प्रयोजनवादी सिकाइलाई जोडबल गरिरहेकाहरुका लागि यी दुवै कुरा एकदमै घातक हुन् । किनकी पहिलो सबै कुरा प्राध्यापकले गरिदिउन् म जाँचमा लेखौँ, त्यो घातक हो । त्यसलाई त सिकाइ नै होइन भन्छु । दोस्रो सिकाइ भनेको इफोर्टलेस हुन्छ नयाँ जमानामा विद्यार्थी आफैले गरिहाल्छन् नि, विद्यार्थीले जे गर्छन् यसमा दुःख पनि दिनुहुँदैन भन्ने लाइनबाट पनि कुराकानी हुनेगर्छ । तसर्थ यी दुवै सोचाइलाई डिमस्टिफाइ गर्नु जरुरी छ ।

पहिलो कुरा सिकारु केन्द्रित हुनु भनेको सिकारुहरु सहभागी हुनुपर्ने सिकाइ हो । त्यसको अर्थ एनिथिङ गोज होइन । निश्चय पनि त्यसमा ओपननेस हुनुपर्छ । ओपननेसको पेडागोजीमा शिक्षकले जुन तयारी गर्नुपर्छ, प्राध्यापकले जुन तयारी गर्नुपर्छ त्यो नियमित भाषणकेन्द्रित शिक्षण भन्दा हजारौँ गुणा तयारी गर्नुपर्छ । किनकी विद्यार्थीका विभिन्न प्रकारका प्रश्न हुनसक्छ । एउटा निश्चित क्रियाकलाप एउटा ढँगले जाँदा योजना सफल नहुनसक्छ । त्यसैले त्यहाँ धेरै पर्मटेसन कम्बिनेसन हुनसक्छ । ए विधिबाट काम गरेन भने बी विधिबाट जानुपर्ने हुनसक्छ । छलफल आयोजना गर्नुहुन्छ तर त्यो राम्रोसँग सञ्चालन नहुने हो भने अर्काे विधि त्यहाँ छान्नुपर्ने हुन्छ । मेरा एक जना प्राध्यापक जोन वालेस भन्ने हुनुहुन्थ्यो र भन्नुहुन्थ्यो बिद्यार्थि केन्द्रित ‍बराबर शिक्षक केन्द्रित अर्थात शिक्षकले धेरै मिहिनेत गरेर बिद्यार्थि केन्द्रित कक्षाकोठामा आउनुपर्छ । लेक्चरका लागि धेरै इफोर्ट लगाउनै पर्दैन, पहिलेदेखिका नोट होलान् र पावर प्वाइन्ट होलान् तर वास्तवमा विद्यार्थी केन्द्रीत सिकाइ गर्न खोज्नुहुन्छ भने त्यसमा धेरै तयारी गर्नुपर्छ । त्यो इफोर्टलेस हुँदै होइन त्यसमा विद्यार्थीले धेरै पार्टिसिपेट गर्नुपर्छ, काम गर्नुपर्छ, प्रोजेक्टमा सहभागी हुनुपर्छ, प्रेजेन्टेसन गर्नुपर्छ, पेपर लेख्नुपर्छ, खोजीनीति गर्नुपर्छ । खोजीनीति गरिराखेको कुरालाई सपोर्ट गर्ने, प्रश्न गर्ने, पछाडि बसेर उसले सपोर्ट गरिराख्नुपर्छ। शिक्षक वा प्राध्यापकले त्यो कुरा पहिल्यै थाहा पाउनुपर्छ । यहाँ विद्यार्थीलाई सपोर्ट चाहिएको छ यहाँ प्रश्न मैले दिनुपर्छ । मानौ उसले तपाइँलाई बेठिक गरिराखेको छ भने बेठिक गरेको कुरालाई करेक्ट गर्ने रणनीति पनि चाहिन्छ त्यो शिक्षक वा प्राध्यापकसँग । त्यसैले इफोर्ट त्यहाँ दुवै जनाको पर्छ । इफोर्टलेसनेस भन्ने कुरा प्रोग्रेसिभ एजुकेसन हुँदै होइन । इफोर्ट धेरै चाहिन्छ । खोजीको इफोर्ट चाहिन्छ । हामी खोज गर्ने मानिस हौँ । चाहे प्रोजेक्ट बेस्ड लर्निङ होस् चाहे प्रोब्लम बेस्ड लर्निङ भन्नुहोस् चाहे केस बेस्ड लर्निङ भन्नुहोस् चाहे केही नभन्नुहोस् तर सिकाइ केन्द्रीत वा सिकारु केन्द्रित भन्नुभयो भने त्यहाँ दुईटाको इफोर्ट एकदमै आवश्यक हुन्छ । त्यो बारेमा नगर्नेलाई थाहा हुँदैन । भन्नेलाई थाहा हुँदैन ।

नेपालमा पढाउन लाग्दा सुरुको दिनमा एकदमै गाहे भयो । यसरी हामी कहाँ पढ्न सक्छौँ ? कहाँ लेख्न सक्छौँ ? कतिपय केसमा कुनै बेला एमफिलका विद्यार्थीले यो हामीले गर्नैसक्दैनौ, नेपालमा रेलेभेन्ट नहुने पेडागोजी आयो भन्ने क्राइसिसमा मैले निकै समय गुजाँरे । म जुनियर पनि थिएँ त्यसले गर्दा पनि मलाई अप्ठेरो भयो । मैले भनेको पेडागोजी फलो नै नहुने भयो । अप्ठेरो भयो । प्रेजेन्टेसन गर्नुपर्छ भन्यो । जुन दिन प्रेजेन्टेसन गर्ने भन्यो त्यस दिन प्रेजेन्टेसन गर्ने मानिस नआइदिने । किनकी बसेर आनन्दसँग सुन्ने बानी भएकोले अर्काे काम गर्नै चाहँदैन । एसाइनमेन्ट पनि लेख्दैन । प्रोजेक्ट दियो गर्दैन । अहिलेको अवस्थामा आइपुग्दा स्कुल अफ एजुकेसनको ६० देखि ७० प्रतिशत सिकाईमा विद्यार्थीको सहभागिता रहन्छ । हामी धेरैभन्दा धेरै विद्यार्थी केन्द्रीत हुन खोजिरहेका छौँ । त्यो रिस्क कहाँ निर हुँदो रहेछ भने दुइटा अतिमा एक खालको विद्यार्थी यो के गरेको होला सबै काम हामीले गर्नुपर्दाे रहेछ यो त बहुत गाह्रो हुँदो रहेछ मैले कसरी गर्ने होला भन्ने । अर्काे तिर यो सजिलो छ, प्यानेसिया छ सबै कुराको भन्ने । यो कसरी डिजाइन भन्ने कुराले गर्छ । मेरो आफ्नो अनुभव के छ भने केही विद्यार्थी केन्द्रीत गर्न खोज्दा विद्यार्थी ड्रप आउट पनि भए । उनीहरुसँग कुरा गर्दा ठूलाठूला कुरा गर्ने, म त शिक्षामा रुपान्तरणमा लागेको भन्छन् । शिक्षामा रुपान्तरण चाहने हो भने उसले वाक द टक गर्नै पर्यो नि त । जब असाइन्टमेन्ट आयो, प्रोजेक्ट आयो, यो गर्नुस्, यसको प्रेजेन्टेसन गर्नुस् भन्यो भने ल अब म यो गर्न सक्दिन भन्ने । यस्तो पहिले पहिले हामीले निकै फेस गर्यौँ । सन् २०१४।१५ तिर गर्दै नगरिदिने । किन रहेछ भनेर खोज्दै जाँदा यो बुझाइ नै बेठिक रहेछ। हामीले जोनडुबेका बारेमा पढायौँ तर जोनडुबे एप्लाइ गरेनौँ । जब हामीले एक्पिरेन्सियल लर्निङतिर लैजाने बित्तिकै एक्पिरेन्स गर्न काम गर्नुपर्यो, काम गर्नुपर्छ भन्ने बित्तिकै ड्रप आउट हुने त्यसमा फिट नहुने । यस्तो अनुभव मेरो मात्र होइन उच्च शिक्षामा काम गर्ने धेरै साथीहरुको पनि हुनुपर्छ ।

अर्काे कुरा विद्यार्थी केन्द्रीत सिकाइ इफोर्टलेसनेस हुँदै होइन । इफोर्ट बिना म सजिलै पढ्छु भन्ने हुँदैन । प्रोग्रेसिभ लर्निङले गर्ने के हो भने त्यसको लोकस अफ कन्ट्रोल चाहिँ सेयर्ड बनाउने हो । शिक्षकले मात्र जान्दैन, विद्यार्थीको पनि भूमिका हुन्छ । विद्यार्थीले काम गर्छन्, विद्यार्थीले प्रोजेक्ट गर्छन्, शिक्षक वा बिद्यार्थी इनिसिएटेड प्रोजेक्ट हुन्छ, विद्यार्थी र शिक्षक मिलेर कोर्स रिभाइज गर्न पनि सक्छन् । कुन एक्टेन्ट्मा लैजाने त्यो महत्वपूर्ण कुरा हो । पोलिसिमा काम गर्ने साथिहरुको पनि समस्या छ। उहाँहरु पढाउनु भएको छैन, यो बारेमा पढ्नु भएको होला, तर उहाँहरुले के बुझ्नु भएको छ भने यसरी विद्यार्थीलाई अथोरिटी दिएर हुदैन। उनीहरुले त जाँचमा बसेर तीन घण्टा त लेख्नै पर्छ । त्योसँग पनि सिकाईसँग सम्बन्धित छ । एसेसमेन्टसँग पनि सम्बन्धित छ । तीन घण्टामा बसेर लेखेको भन्दा बढी सिकाइ हुनुपर्ने र बढी इफोर्ट लगाउनुपर्ने एसेसमेन्ट प्रोग्रेसिभ लर्निँगभित्र आउँछ । उनीहरुलाई अथेन्टिक टास्क दिने, च्यालेन्जिँग प्रोबलम सल्भिङको कुरा दिने । त्यसका लागि शिक्षक नै तयार हुनुपर्छ । शिक्षकलाई थाहा छैन र एक दुई वटा तालिम दिएर तिमी अब प्रोग्रेसिभ लर्निँगमा जाउ भन्दा उसले इन्टर्नलाइज गरेको हुँदैन । त्यो कुरा शिक्षकको तयारी गर्ने कार्यक्रमबाट आउनुपर्यो ।

कतिपय केसमा मैले कस्तो पनि सुने भने कतिपय ठाउँमा अपोजिसन हुने । किन अपोजिसन हुन्छ त ? कही यताउति गर्यो, विद्यार्थीलाई खेलायो उफार्यो । त्यहाँ के बुझिने भने इफोर्टलेस लर्निँग । खासै इफोर्ट गर्दैनन् । दुई चार वटा ट्याक्कटुक्क चित्र बनायो, बोल्यो, सक्किगो । त्यो हुँदै होइन । प्रोग्रेसिभ लर्निँगमा सिकाइ त्यति नै गहिराइमा हुनुपर्छ । लेखाइ त्यत्तिकै गहिराइमा हुनुपर्छ । प्रस्तुति पनि गहिराइमा हुनुपर्छ । त्यसको खोजीनीति पनि गहिराइमा हुनुपर्छ । सतही रुपमा गरेको हिसाबले पुग्दैन ।

केही समय अघि हाम्रा एक जना विद्यार्थीले दुई वटा प्रश्न गर्नुभयो । एउटा प्रश्न के भने सिकारु केन्द्रित हो वा सिकाइ केन्द्रित हो ? त्यो पनि क्लारिफाइ गर्नुपर्ला । सिकारु केन्द्रित भन्दा कहिलेकाहीँ के पनि उठिराख्छ भने शिक्षकले तयार गर्ने भनेपछि कसरी सिकारु केन्द्रित भयो ? प्राध्यापक जोन वालेसको भनाइमा जान चाहन्छु । कसलाई केन्द्रमा राख्ने भन्ने हो । शिक्षक सकृय सहयोगी हुनसक्छन् । तर कसलाई केन्द्रमा राख्ने ? विद्यार्थी सहभागी हुन हदसम्म हुन्छन् ? हो, कुनै ठाउँमा ८० प्रतिशत विद्यार्थीको सहभागीता होला। कहीँ १० प्रतिशतमात्र होला । केन्द्रमा कसलाई राखेका छौँ त हामीले ? केन्द्रमा राख्ने विभिन्न फ्रेमवर्क हुनसक्छन् । विभिन्न तौरतरिका छन् । शिक्षकले सुझाव लिएर नियमित रुपमा पाठ्यक्रम रिभाइज गर्न सक्नुहुन्छ । त्यो संयन्त्रको कुरा हो । यहाँ मैले प्रष्ट पार्न खोजेको कुरा के भने प्रोग्रेसिभ लर्निङ्ग इफोर्टलेसनेस हुँदै होइन । मेटेरियललाई एक्सिसिबल बनाइदिनुपर्यो । एक्टिभिटीलाई एक्सिसिबल बनाइदिनुपर्यो । त्यसको कग्निटिभ डिफिकल्टिज र च्यालेन्जलाई घटाउने भनेको होइन । झन् बढी त्यसको गहिराइमा जानु पर्छ। तर शिक्षकको भूमिका हुँदैन र शिक्षकको भूमिका ह्वाटएभर गोज भन्ने हुदै होइन । शिक्षकले राम्रोसँग प्लान गर्नुपर्छ । यौटा प्लान ने पुग्दैन – प्लान बि, सि पनि सँगै लिएर कक्षामा जानु पर्छ।

लेखक काठमाडाैँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन हुन् ।

Thuprai - Books and E-books