After SEE Portal

भाषा परीक्षा उचित सुरक्षा मापदण्ड सहित सञ्चालन हुने

Bridge Course

कोरोना भाइरस (कोभिड -१९) को संक्रमणका कारण उत्पन्न हुने जोखिमलाई दृष्टिगत गरी स्थगित गरिएको भाषा परीक्षा जनस्वास्थ्यका सुरक्षा मापदण्ड अपनाइ सञ्चालन गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले (परीक्षा संचालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ लागु गरी निश्चित मापदण्ड पुरा गरेका शैक्षिक परामर्शदाता संस्थाले परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।

निर्देशिकाले गरेका व्यवस्थाहरुः

परीक्षा (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ 

प्रस्तावनाः कोभिड-१९ संक्रामक रोगको कारण अवरुद्ध भाषा परीक्षा तथा अनलाइन प्रणाली मार्फत सञ्चालन हुने परीक्षा जनस्वास्थ्यका सुरक्षा मापदण्डहरु प्रयोग गरी प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न वाञ्छनीय भएकोले,

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ । 

१ संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम “परीक्षा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७रहेको छ । 

           (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रङ्गगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, 

   (क) “परीक्षा भन्नाले संस्थामा सञ्चालन हुने आइएलटीएस, टोफेल, पीटीई, जेएलपीटी,स्याट, जीआरई, जीम्याट वा अन्य यस्तै प्रकारका भाषा तथा अनलाइन प्रणाली मार्फत सञ्चालन हुने परीक्षा सम्झनु पर्छ।

  (ख) मन्त्रालय” भन्नाले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ। 

(ग) संस्था भन्नाले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम शैक्षिक परामर्श सेवा वा भाषा शिक्षण वा पूर्व तयारी कक्षा सञ्चालन गर्न स्वीकृति प्राप्त फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ।

३. परीक्षा सञ्चालन गर्न सक्नेः संस्थाले दफा ४ बगोजिम भौतिक पूर्वाधारको व्यवस्था गरी परीक्षा सञ्चालन गर्न सक्नेछ । 

(२) उपदफा (१) बमोजिन परीक्षा सञ्चालन गर्दा सस्थाले परीक्षा हुने मिति, समय र स्थान खुलाई परीक्षा सञ्चालन हुने मितिभन्दा एक हप्ता अगावै मन्त्रालयलाई जानकारी दिनु पर्नेछ । 

४. भौतिक पूर्वाधारको व्यवस्थाः परीक्षा सञ्चालन गर्न चाहने संस्थाले देहाय बमोजिमको भौतिक पूर्वाधारको व्यवस्था गरेको हुनु पर्नेछ स् 

(क) परीक्षा केन्द्रको भवनका कोठाहरु दोहोरो भेन्टिलेसन भएको र प्रकाशयुक्त भएको,

(ख) परीक्षा कोठामा प्रत्येक परीक्षार्थी बीच दुई मीटरको दुरी कायम गरी सम्भव भएसम्म अंग्रेजी अक्षर एल आकारमा सिट व्यवस्थापन गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था भएको,

(ग) परीक्षा कोठामा कम्तीमा बीस जनासम्मको परीक्षार्थीलाई दुई मिटरको दुरीमा रखी परीक्षा सञ्चालन गर्न सक्ने क्षमता भएको,

(घ) परीक्षा केन्द्रको भवन अपाङ्गता मैत्री भएको र 

(ङ) परीक्षा केन्द्रमा शुद्ध खानेपानी र सफा शौचालयको व्यवस्था भएको ।

(च) परीक्षा केन्द्रभित्र प्रवेश गर्ने व्यक्तिलाई माक्स र पञ्जाको प्रयोग अनिवार्य गर्ने, ९छ। परीक्षा सञ्जालनको क्रममा प्रयोग भएका कम्प्युटर किबोर्ड, टेलिफोन लगायतका सामग्रीलाई नियमित निःसंक्रमित पार्ने

(ज) परीक्षा केन्द्रमा अनावश्यक भिडभाड हुन नदिने र 

(झ) परीक्षा केन्द्रमा उत्पन्न भएको फोहोरको उचित व्यवस्थापन गर्ने ।

५. परीक्षा सञ्चालन प्रक्रियाः संस्थाले परीक्षा सञ्चालन गर्दा देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्नेछस् 

(क) परीक्षा सञ्चालन अघि र परीक्षा सञ्चालन पछि परीक्षा हल, कार्यालय कक्ष, शौचालय, ढोकाका हेण्डल, बिजलीका स्वीच आदिलाई अनिवार्य रूपमा निस्संक्रमित गर्ने, गराउने,

(ख) परीक्षा केन्द्रको मुल गेटमा कर्मचारी, सुपरिवेक्षक, सम्बन्धित परीक्षार्थी र अन्य प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा तापक्रम लिने व्यवस्था गर्ने

(ग) तापक्रम मापन गर्ने व्यक्तिले सुरक्षा कवच लगाई कम्तीमा दुई मिटरको दूरी कायम हुने गरी तापक्रम मापनको व्यवस्था गर्ने,

(घ) ज्वरो आएको र रुघाखोकी लागेको बिरामीलाई परीक्षा केन्द्र प्रवेशमा रोक  लगाउने र त्यस्तो व्यक्तिलाई नजिकको स्वास्थ्य केन्द्र पठाउन सहयोग गर्ने,

(ङ) परीक्षा केन्द्रको मूल गेटमा साबुन पानीले हात धुने एवं सेनीटाईजरको ब्यबस्था

(६) अनुगमन तथा निरीक्षण गर्न सक्नेः मन्त्रालयले संस्थाले सञ्चालन गरेको परीक्षाको अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम मन्त्रालयले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।

७. थप व्यवस्था गर्न सक्ने: यस कार्यविधिको विपरीत नहुने गरी संस्थाले परीक्षा सञ्चालन गर्ने सम्बन्धमा थप व्यवस्था गर्न सक्नेछ । 

८. मापदण्डको पालना गर्नुपर्ने: परीक्षा सञ्चालन गर्ने संस्थाले कोभिड़(१९ को संक्रमणको नियन्त्रण र रोकथामका लागि नेपाल सरकार वा नेपाल सरकारद्वारा गठित समितिहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनबाट निर्धारित संक्रमग नियन्त्रण र रोकथमसँग सम्बन्धित सबै मापदण्डहरूको पालना गर्नु पर्नेछ । 

९. संशोधन गर्न सक्नेः मन्त्रालयले यस कार्यविधिमा आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ । 

१०. बाझिएमा अमान्य हुनेः यस कार्यविधिको कुनै व्यवस्था प्रचलित कानुनसँग बाझिएमा बाझिएको हदसम्म कार्यविधिको व्यवस्था अमान्य हुनेछ । 

A Levels MA
Thuprai - Books and E-books