A Levels MA

विज्ञान,अंग्रेजी र नेपालीमा विषयगत शिक्षक अभाव (दरबन्दी विवरण सहित)

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो । निमाविमा अंग्रेजी ६२२, नेपाली ४३६ र विज्ञानमा ४४० दरबन्दी रिक्त रहेको छ । त्यसैगरी माविमा विज्ञान ४३३, अंग्रेजी ३१३ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ ।

केन्द्रले आयोगमा पठाएको विवरण अनुसार खुला तर्फ निमाविमा सामाजिक ३५२, गणित विज्ञान ३६४, गणित ३७०, ऐच्छिक प्रथममा ९ गरी जम्मा २ हजार ५९३ दरबन्दी रिक्त रहेका छन् ।

त्यसैगरी माध्यमिक तहमा नेपाली २३०, सामाजिक २०१,गणित २२८, ऐच्छिक प्रथममा १८, र ऐच्छिक द्वतीयमा ५९ गरी जम्मा १ हजार ५४२ शिक्षक दरबन्दी रिक्त रहेका छन् ।

त्यसैगरी देशैभर प्राथमिक तहमा १२ हजार ९१२ दरबन्दी रिक्त रहेका विवरण पठाएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

तह

विषय

रिक्त पद संख्या

जम्मा खुला तर्फ

प्राथमिक - १२९१२ १२९१२
निम्न माध्यमिक  नेपाली ४३६  
" अंग्रेजी ६२२  
" सामाजिक ३५२  
" गणित विज्ञान ३६४  
" गणित ३७०  
" विज्ञान ४४०  
" ऐच्छिक प्रथम २५९३
मावि नेपाली २३०  
" अंग्रेजी ३१३  
" सामाजिक २०१  
" गणित २२८  
" विज्ञान ४३३  
" ऐच्छिक प्रथम १८  
" ऐच्छिक द्वतीय ५९ १५४२

त्यसैगरी ७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ३४८ र द्वतीय श्रेणीका लागि १ हजार २७५ दरबन्दी बढुवाका लागि आयोगले सिफारिस गर्नु पर्ने भएको छ ।

त्यसैगरी निमावि तर्फ ७५ प्रतिशत आन्तरिक बढुवाका लागि ७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ७० र द्वतीय श्रेणीका लागि ३६८ र माविका लागि प्रथम श्रेणीका लागि ११० र द्वतीय श्रेणीका ३७१ शिक्षक आयोगले छनोट गरेर सिफारिस गर्ने गरी केन्द्रले आयोगलाई रिक्त शिक्षक दरबन्दी विवरण पठाएको छ ।

त्यसैगरी, २५ प्रतिशत विज्ञापनका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि १०४ र द्वतीय श्रेणीका लागि ४१८, निमावि तर्फ प्रथम श्रेणीका लागि ८ र द्वतीय श्रेणीका लागि ११० र माविका लागि प्रथम श्रेणीका लागि १४ र द्वतीय श्रेणीका ११३ गरी शिक्षक छनोट गर्ने अधिकार केन्द्रले आयोगलाई दिएको छ ।

विस्तृत विवरणका लागि यहाँ जानुहोस्ः

Thuprai - Books and E-books