After SEE Portal

काठमाडौं महानगरपालिका साक्षर घोषणा, उपत्यकाका विद्यालय असोज एक देखि खुल्ने

Bridge Course

काठमाडौं महानगरपालिकालाई आज साक्षर महानगरपालिका घोषणा गरिएको छ । महानगर शिक्षा विभागले महानगरभित्रका कुल जनसंख्याकोे ९६.६ प्रतिशत साक्षर भएको हुँदा राष्ट्रिय मापदण्ड अनुसार साक्षर घोषणा गरिएको हो । सोमबार महानगरले कार्यक्रम गर्दै महानगरलाई साक्षर महानगर घोषणा गरेको छ ।

बाग्मती प्रदेशका नगरमहानगरहरु सबै घोषणा भइसकेको अवस्थामा काठमाडौं महानगरमात्र साक्षर हुन घोषणा हुन बाँकी रहेको हुँदा महानगरलाई साक्षर घोषणा गरिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । ‘हाम्रो प्रदेशका सबै महानगर साक्षर घोषणा भइसकेका तर काठमाडौं महानगर मात्र साक्षर घोषणा हुन बाँकी थियो ।’ उनले भने, ‘गत वर्षदेखि नै गृहकार्य गरेर कुल जनसंख्यामा ९६.६ प्रतिशत साक्षर भएको हुँदा आज साक्षर घोषणा गरिएको यसलाई जिल्ला तथा प्रदेशबाट प्रमाण पत्र लिन भने बाँकी छ ।’

अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यन्वयन सहजीकरण पुस्तिका, २०७५ अनुसार ९५ प्रतिशत भन्दा बढी १५ देखि ६० वर्ष उमेर समूह साक्षर भएको अवस्थामा साक्षरता घोषणा गर्न सकिने व्यवस्था गरेको छ ।

काठमाडौं जिल्लाका विद्यालय असोज १ देखि विद्यालय खोल्ने तयारी थालिएको छ । भदौ मसान्तसम्म सम्बन्धित तहका शिक्षा शाखाहरुले आफ्नो क्षेत्रको विद्यालयको अवस्था, कोभिड संक्रमणको अवस्था, शिक्षक कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालन ढाँचा डीसीसीएमसीमा पेश गरेर एउटै ढाँचामा विद्यालय खोल्ने निर्णय गरिएको महानगर शिक्षा विभाग प्रमुख सुवेदीले जानकारी दिए ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख, प्रहरी सुरक्षा प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको काठमाडौं जिल्ला प्रशासन कार्यलयकी सहायक जिल्ला प्रमुख अधिकारी एवं सूचना अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन् ।

डीसीसीएमसीले विद्यालय सञ्चालन गर्ने अनुमति दिने सहमति भएका कारण सम्बन्धित तहले विवरण र ढाँचा बुझाएको आधारमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।

A Levels MA
Thuprai - Books and E-books