After SEE Portal

ककनीका शिक्षकहरू वागीश्वरी माविमा

Bridge Course

नुवाकोटको ककनी गाउँपालिकाका शैक्षिक सरोकारवालाहरूले भक्तपुरको वागीश्वरी माविको अध्ययन अवलोकन गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा पदाधिकारी तथा शैक्षिक सरोकारवालाहरूका लागि गाउँपालिकाले आयोजना गरेको भ्रमण अन्तर्गत भक्तपुरको नमूना विद्यालय तथा शैक्षिक क्षेत्रको उत्कृष्ट विद्यालयको रूपमा रहेको वागीश्वरी माविको भ्रमण गरेका हुन् ।

गाउँपालिकाबाट विद्यालयको अवलोकनका लागि ७० जना आएका थिए । सो टोलीलाई विद्यालयको बारेमा प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले जानकारी दिएका थिए ।

वागमति प्रदेशको नमूना विद्यालय घोषित वागीश्वरी माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको राम्रो अभ्यास हेर्नकालागी ककनी गाउँपालिकाका ३९ विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई विद्यालयले स्वागत गर्दै विद्यालयको इतिहास, वर्तमान अवस्था र विद्यालयलाई उत्कृष्ट बनाउन विद्यालयले गरिरहेका प्रयासबारे विद्यालयले जानकारी दिएको थियो ।

स्वागतसँगै विद्यालयमा भएको अन्तरक्रियामा सहभागी विभिन्न विद्यालयका शिक्षकशिक्षिका तथा विव्यस पदाधिकारीले जिज्ञासा राखेका थिए । सो क्रममा भवानी माविका प्रअ शंकरप्रसाद लोहनीले विद्यालय सफलताको रहस्यबारे जिज्ञासा राखे भने सूर्य आधारभूत विद्यालयका प्रअ वसन्ती ठकुरीले वागीश्वरी स्कुलबाट धेरै कुरा सिक्न सकिने बताइन् । उनी विद्यालयको शैक्षिक उपलब्धि, शैक्षिक वातावरण र व्यवस्थापन उदाहरणीय भएकोबाट आफू प्रभावित भएको जनाउँदै आफूले पनि आफ्नो विद्यालयमा राम्रो अभ्यास लागू गर्न सक्दो पहल गर्ने बताइन् ।

भ्रमण टोलीमा ककनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष घननाथ बजगाईं पनि सहभागी थिए । उनले शिक्षामा राम्रो गरिरहेका विद्यालयको अध्ययन अवलोकन गराएर विद्यालयको नेतृत्वकर्ताहरूलाई उत्साह दिन भ्रमण गराएको जनाउँदै वागीश्वरीका शैक्षिक अभ्यासहरू लोभलाग्दो भएको बताए ।

उनका अनुसार ६ दिने भ्रमणको क्रममा टोलीले चितवन, बुटवल, पोखरालगायतमा नमूना विद्यालयहरूको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

A Levels MA