After SEE Portal

जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना

Bridge Course

काठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभात माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । 

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अडियो भिडियोमार्फत् प्राविधिक ज्ञान प्रदान गर्न सहयोग पु-याउने  ध्येयले वाग्मती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा प्राविधिक कक्षा स्थापना गर्न सहयोग गरेका हुन् । आधुनिक सूचना प्रविधि कक्षामार्फत कम्प्युटर सीप वृद्धि हुने विश्वास गरिएको छ । 

कक्षाका कम्प्युटर र अन्य प्रविधिक उपकरणको प्रयोगले अडियो भिडियो प्रणालीमार्फत विद्यार्थीलाई मनोरञ्जनमूलक रुपमा ज्ञान सहयोग पुग्ने जनाइएको छ । कक्षामा स्मार्ट टिभी तथा कम्प्युटर रहेका छन् । 

बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिहीबार सो कक्षाको शुभारम्भ गर्दै सञ्चार र सूचना प्रविधि कक्षाले विद्यार्थीका ज्ञान वृद्धि हुने र पछिल्लो पुस्ता सूचना प्रविधिसित विद्यार्थी जोडिने बताउनुभयो । उहाँले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा थप सहयोग गर्ने जानकारी दिनुभयो । बैंक वाग्मती प्रदेशका प्रमुख सोनी श्रेष्ठले सरकारी विद्यालयको शिक्षाको गुणस्तर बढाउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा सूचना कक्ष स्थापना गरेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिताबाट बैँक प्रभावित रहेको छ । अन्य सरकारी विद्यालयमा यस कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको छ ।”

काठमाडौँ महानगरपालिका–१३ का सदस्य बाबुराम कोइरालाले बैंकको सहयोगले महानगरपालिकाको शैक्षिक योजनालाई सक्रिय बनाउन योगदान गरेको र भविष्यमा बैंकसँग हातेमालो गर्दै जाने बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्णले बैंकको कक्षाको स्थापनाले अन्य सरकारी विद्यालयका लागि उदाहरण हुने र विद्यार्थीको सिकाइमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । करीब रु डेढ लाखको लगानीमा कक्षा स्थापना भएको जनाइएको छ । 

A Levels MA
Thuprai - Books and E-books