After SEE Portal

जनक शिक्षाले अझै छाप्न सुर गरेन कक्षा ५, ७ र ८ का पाठ्यपुस्तक

Bridge Course

नयाँ शैक्षिक सत्र २०७९ आगामी जेठ एक गतेदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र सुर हुन ९ दिन मात्र बाँकी छ । तर, शैक्षिक सत्र सुर हुनु अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रतिवद्धता यस पटक पनि अधुरै रहने देखिएको छ ।

राज्य शक्ति अहिले आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुटेको छ । रातारात मतपत्र छापेर ७७ ओटै जिल्लामा पुर्याउने सरकारको स्वामित्व रहेको जनक शिक्षा सामग्री केन्द्रलाई अहिले चटारो छ । तर कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तकको छपाइको पूर्ण अधिकार पाएको जनक शिक्षाले अहिलेसम्म कक्षा ५, ७, र ८ का पाठ्यपुस्तक छपाउन सुर नै गरेको छैन ।

चुनाब आउन ८ दिन मात्र बाँकी छ । जनक शिक्षा सामग्री केन्द्रका कर्मचारीलाई पनि सरकारले निर्वाचन प्रयोजनका लागि खटाएको छ । जनक शिक्षाका कर्मचारी निर्वाचनमा खटिएपछि केन्द्रमा हुने कर्मचारी अभाव र कागज नहुँदा बालबालिकाले शैक्षिक सत्र सुर भएको दुई महिना सम्म पाठ्यपुस्तकको अनुहार देख्न नपाउने जनक शिक्षाका कर्मचारी बताउँछन् ।

जनक शिक्षाले छापेका पाठ्यपुस्तकको पनि ब्यान्डिङलगायत अन्य काम गरेको छैन । नयाँ शैक्षिक सत्र सुर हुने आधिकारिक दिन केही बाँकी भए पनि केही विद्यालयले नयाँ शैक्षिक सत्रको लागि विद्यालय सञ्चालन गरिसकेका छन् भने अधिकांश विद्यालय सम्पूणृ तयारी सकेर भर्ना अभियानमा जुटेका छन् । सरकारले पटक पटक भर्ना अभियानमा नै पाठ्यपुस्तक वितरण गर्ने प्रतिवद्धता गरेको भएपनि यो वर्ष शैक्षिक सत्र सुर भएको लामो समयसम्म विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गर्न नसक्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिको कागजको अभावको असर जनक शिक्षा सामग्री केन्द्रमा पनि परेको केन्द्रका सुचना अधिकारी चित्रकुमार आचार्य बताउँछन् । ‘हामीसंग पाठ्यपुस्तक छाप्नका लागि कागज नै छैन, अब कागज नै भए पनि हामी चुनाबमा खटिनु पर्ने अवस्था छ ।’ उनी भन्छन्, ‘हामीले पाठ्यपुस्तक छाप्नका लागि कागज अभाव भएको कुरा मन्त्रालयमा पुर्याइसकेका छौं, कागजको व्यवस्था भए पनि चुनाब अगाडि पाठ्यपुस्तक छाप्न सक्ने अवस्था छैन ।’

जनक शिक्षाले सहज रुपमा पाठ्यपुस्तक छाप्न सुर गरे पनि छपाइलाई मात्र एक महिना समय लाग्ने केन्द्रका कर्मचारी बताउँछन् । केन्द्रले एक महिनाभित्र पाठ्यपुस्तक छापिसके पनि त्यसलाई ढुवानी गरी सबै विद्यालयमा पुर्याउन अर्को एक महिना कुर्नुपर्छ । जनक शिक्षाको ९ वितरण केन्द्र र १२ सय बिक्रेता छन् ।

२०७५ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ देखि १२ सम्मका विद्यालय तहका पाठ्यपुस्तक केन्द्रलाई नै छाप्न दिने निर्णय गरेको थियो । भने केही वर्षयता सरकारले निजी प्रकाशन गृह तथा वितरकलाई पनि पाठ्यपुस्तक छाप्ने जिम्मा दिँदै आएको छ । यो वर्ष कक्षा १ देखि ३ सम्मको निजी प्रकाशन गृहले पाठ्यपुस्तक छाप्ने अधिकार पाएका छन् ।

जनक शिक्षाले विद्यालय तहको पुस्तक छपाइका लागि छ हजार मेट्रिकटन कागजको टेन्डर गरेको थियो । टेन्डरअनुसार विभिन्न समयमा गरी गत चैत १० गतेसम्म सबै कागज आइसक्नुपर्ने थियो । तर अहिलेसम्म जम्मा दुई हजार मेट्रिकटनको हारहारीमात्र कागज जनक शिक्षामा आएको छ । जनक शिक्षामा कागज ल्याउन टेन्डर बिद्–म्याप–सीबीसी जेबीको हो । तर सो कम्पनीले पनि कागज ल्याउन जाँगर देखाउन सकेको छैन । काग ज ल्याउनका लागि जनक शिक्षाले समेत सो कम्पनीलाई दवाव सिर्जना गर्न नसक्दा पाठ्यपुस्तक छपाइमा समस्या देखिएको विज्ञहरू बताउँछन् ।

A Levels MA