A Levels MA

जनक शिक्षा सामग्री रु.१८९ करोड घाटामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थमन्त्रालयको पचास पचास प्रतिशत शेयर रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड रु. १८९ करोड घाटामा पुगेको छ ।

आर्थिक वर्ष २०६३ देखि ०७६ सालसम्ममा केन्द्र निरन्तर घाटामा गएको हो । चालु पुँजी परिपुर्तिका लागि बैंक, वित्तीय संस्थाको ऋण रु. ११३ करोड र नेपाल सरकारको रु. १३९ करोड रुपियाँ ऋण केन्द्रलाई अहिले सम्म लागेको केन्द्रका प्रबन्ध सञ्चालनक अनिल कुमार झाले जानकारी दिए । केन्द्रले उक्त ऋणको वाािर्षक ब्याज मात्र रु. १७ करोड निर्दै आएको छ ।

केन्द्रले साझा प्रकाशनबाट रु. ८ करोड १६ लाख, अन्य छपाइका विभिन्न निकायबाट उठ्न बाँकी रु. २ करोड र आन्तरिक राजस्व विभागबाट स्टिकर छपाइबापतको रु . ३ करोड ६४ लाख जम्मा रु. १३ करोड ८० लाख रकम उठ्न बाँकी रहेको आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ अवलोकन भ्रमणमा गएका बेला प्रबन्ध सञ्चालनक झाले जानकारी दिए ।

केन्द्रले चालु शैक्षिक सत्रमा रु १ करोड ६३ लाख थान पाठ्यपुस्कत बिक्रीबाट रु. १४२ करोड, अन्य बाहिरी छपाइबाट रु. १६ करोड गरी जम्मा रु. १५८ करोड आम्दानी गरेको छ ।

२० प्रतिशत पाठ्यपुस्तक छपाइ हुन बाँकी

केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा १–३ का लागि छाप्नु पर्ने ए फोर साइजको छपाइ मेसिन नभएका कारण अहिले सम्म उत्पादन गर्न सुरु नै गरेको छैन । कक्षा ६ को पाठ्यपुस्तक पनि पाठ्यक्रम विकास केन्द्रले सीसीआरसी नपठाउँदा छपाइ गर्न सुरु गरेको छैन ।

त्यस्तै कक्षा ४ को ७ लाख पाठ्यपुस्तक छपाइ गर्ने लक्ष्य लिएको केन्द्रले अहिलेलसम्म ६ लाख ८९ हजार ३९९ पाठ्यपुस्तक छपाइ गरिसकेको छ । भने कक्षा ४ का ८ हजार ३०३ पाठ्यपुस्तक छाप्न बाँकी रहेका छन् । त्यस्तै कक्षा ५ देखि १० का १५ लाख पाठ्यपुस्तक छपिसकेको छ । भने ३७ लाख २८ हजार ६९५ पाठ्यपुस्तक छाप्न बाँकी छन् ।

१ करोड ८४ लाख ४६ हजार ९८० पाठ्यपुस्तक छाप्ने लक्ष्य लिएको केन्द्रले अहिले सम्म १ करोड ४७ लाख १३ हजार ९९९ मात्र पाठ्यपुस्तक छापेको छ । चालु शैक्षिक सत्र सकिन करिब तीन महिना बाँकी रहदा आवश्यक पाठ्यपुस्तकको २० प्रतिशत पाठ्यपुस्तक छापिएका छैनन् ।

शैक्षिक सत्र सुरु भएको पहिलो दिन विद्यार्थीको हातहातमा पाठ्यपुस्तक हुनुपर्ने

अवलोकनपछि कर्मचारीलाई निर्देशन दिँदै शिक्षा मन्त्री श्रेष्ठले आगामी शेक्षिक सत्रको सुरु दिनमा नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन केन्द्रलाई निर्देशन दिएका छन् । दुर्गम क्षेत्रमा पाठ्यपुस्तक पुयाउनमा उनले जोड दिए ।

उनले केन्द्रको वर्तमान अवस्थाले आफ्नो सकारात्मक ध्यानाकर्षण भएको बताए । उनले शिक्षा मन्त्रालय र मातहतका विभाग तथा महाशाखाहरुको समस्याको अध्ययन गरी सब समस्यालाई एकीकृत गरी समस्या समाधान गर्ने विषयमा गम्भीर भएको उनले बताए ।

उनले केन्द्रलाई प्रदान गरेको प्रेसलाई तयारी अवस्थामा राख्न भन्दै आयोगले पत्राचार गर्ने बितिकै मतपत्र छाप्न तयारी अवस्थामा रहन जोड दिए । उनले निर्वाचन आयोगले जुनसुकै बेला मतपत्र छाप्न लगाउने बताए ।

Thuprai - Books and E-books