A Levels MA

निर्धारित बजेटमा नघटाई आइसीटी ल्याब व्यवस्थापन गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइसीटी ल्याब र डिजिटल लाब्रेरी व्यवस्थापनका लागि निर्धारित बजेटमा कम नहुने गरी कार्य सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आइसीटी ल्याब निर्माणका लागि २ हजार १०६ विद्यालय छनोटमा परेका थिए ।

छनोटमा परेका सबै विद्यालयलाई केन्द्रले प्रति विद्यालय रु ६ छ लाख ५० हजार बजेट प्रदान गरेको छ । सोही रकममा कम नहुनेगरी कार्य बढाउने केन्द्रले एक सूचना जारी गरी निर्देशन दिएको हो ।

राष्ट्रपति शैक्षिक सुधारका लागि रु. सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । आइसीटी ल्याब निर्माण तथा व्यवस्थापनका लागि चार हजार २३५ विद्यालयले केन्द्रमा प्रस्ताव पठाएका थिए ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्ः

Thuprai - Books and E-books