After SEE Portal

शनिबार र आइतबार सार्वजनिक विदा पारेर बार्षिक क्यालेण्डर बनाउन निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत् स्थानीय तह र सबै विद्यालयलाई आइतवार सार्वजनिक विदा पारेर वार्षिक क्यालेण्डर निर्माण गर्न निर्देशन दिएको छ ।

केन्द्रले आज एक सूचना जारी गर्दै राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठयघन्टा र कार्यघन्टामा नघट्ने गरी पठनपाठनका कार्यहरु सञ्चालन गर्नेगरी वार्षिक क्यालेण्डर निर्माण गर्न निर्देशन दिएको हो ।

सरकारले आइतवार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा बर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने गरी स्थानीय तहलाई विदा समायोजन गर्न केन्द्रले निर्देशन दिएको छ ।

वर्षभरिमा अधिकतम ३० दिन सम्म एकैपटक वा पटक पटक गरेर विदा दिन सकिने गरी क्यालेण्डर निर्माण गर्न केन्द्रले निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) को चनं ३८३ वैशाख २७ को प्राप्त पत्रबाट नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९वैशाख १३ गते परीक्षणको रुपमा २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएकाले र सो निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हुने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा विदा सम्बन्धी निर्णय कार्यान्वयनमा एकरुपता कायम गर्न यसतो निर्देश दिइएको सूचनामा उल्लेख छ ।मन्त्रीस्तरको निर्णय अनुसार विद्यालयहरूले साविक बमोजिम नै विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने, शुक्रबार दिनको १ बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्न गराउने निदेृशन एकाइलाई सहजीकरण गर्न निर्देशन दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books