After SEE Portal

सातामा दुई दिन नै शिक्षण संस्था बन्द हुने

Bridge Course

अबदेखि हप्तामा दुई दिन शैक्षिक संस्था बन्द  हुने भएक छन् । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेसँगै शैक्षिक संस्थाको हकमा के गर्ने भन्ने विषयको अन्योलको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  हप्तामा  दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार विद्यालयको हकमा स्थानीय सरकारले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले व्यवस्थापन गर्ने गरी मन्त्रालयले दुई दिन विदा दिने निर्णय गरेको हो ।अबदेखि शनिबार र आइतबार बाहेक हरेक दिन विद्यालय १० बजे खुलेर बेलुका ४ बजेसम्म सञ्चालन गर्नै पर्ने भएको छ । हिउँदे र वर्से, स्थानीय विदा लगायत कटौती गरी वर्षभरीमा  अधिकतम ३० दिनसम्म विदा दिन सकिने मन्त्रालय निर्णय गरेको छ । 

मन्त्रालयको आजको बैठकले मुख्य गरी अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण  देखाउँदै परीक्षणका लागि हप्तमा दुई दिन विदा दिने निर्णय गरेको हो ।वर्ष भरी सातामा दुई दिन बिदा गर्दा सरकारी कार्यालयमा विद्युत, इन्धन, खानेपानी लगायतमा वर्षभरिमा कम्तीमा डेढ अर्ब रुपियाँ बचत हुने देखाएको थियो ।

सरकारले वैशाख १४ गते जेठदेखि साताको दुईदिन विदा दिने णिर्णय गरेको थियो । मन्त्रालयले सरोकारवालासँग परामर्श  गरेर सातामा दुई दिने विदा दिने निष्कर्षमा पुगेको हो ।

प्रवक्ता शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिने वा नदिने विषयमा सरोकारवालाको सरसल्लाह  सुझावका आधारमा निर्णय गरिएको जानकारी दिए ।

मन्त्रालयले नयाँ बिदाअनुसार चालु २०७९ सालको नयाँ शैक्षिक क्यालेन्डर नै तयार गरिरहेको छ । शिक्षा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । वर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।

 

A Levels MA