After SEE Portal

वैकल्पिक माध्यमबाट भर्ना अभियान सञ्चालन गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयलाई वैकल्पिक माध्यमबाट विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई भर्ना गर्न निर्देशन दिएको छ ।

केन्द्रले आज एक सूचना जारी गरी सम्पूर्ण विद्यालयहरुले आ-आफ्नो सेवा क्षेत्र भित्रका अभिभावकहरुलाई टेलिफोन, इन्टरनेट, एफ।एम। रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल समेतका माध्यमवाट सूचना प्रवाह गरी भर्ना गर्न निर्देशन दिएको हो ।

विद्यालयले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्दा सम्वन्धित स्थानीय तह र स्थानीय प्रशासनसंग आवश्यक समन्वय तथा स्वास्थ्यका मापदण्ड पालना गरेर गर्ने केन्द्रले अनुरोध गरेको छ ।

विद्यार्थीको भर्नाको अभिलेखीकरणका लागि सूचना प्रविधि लगायतका वैकल्पिक उपाय अनलाइन भर्ना,फोन इन भर्ना समेतका विधिहरु अवलम्बन गर्ने गरी असार १५ गते सम्म पहिलो चरणको भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

दोस्रो चरणका लागि विभिन्न सञ्चार माध्यमको अवलम्वन गरी आसार मसान्तसम्म विद्यालय उमेर समूहका सवै बालवालिकालाई भर्ना गर्ने व्यवस्था मिलाउने सबै विद्यालयलाई सूचित गरेको छ ।

विद्यालयले भर्नाका समयमा अभिभावकको सम्पर्क नम्वर इमेल ठेगाना लगायतका विवरण संकलन गरी विद्यार्थीको वैकल्पिक सिकाइका लागि कुन माध्यममा विद्यार्थीको पहुँच पहिचान गरी अभिलेख राख्ने निर्देश गरेको छ ।

भर्ना अभियामा ७५३ वटै स्थानीय तह तथा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईहरुले आ-आफ्नो सेवा क्षेत्र भित्र भर्ना कार्यक्रमका लागि आवश्यक समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ । केन्द्रले विदालयमा भर्ना भएका बालबालिकालाई वैकल्पिक सिकाइको पहुँचका आधारमा पठनपनठ सञ्चालन गर्न समेत विद्यालयलाई निर्देश गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books