After SEE Portal

दर्ता नभएको भन्दै बालविकासका विभिन्न समितिलाई लगत कट्टा गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई बालविकास शिक्षकका समितिलाई कारबाही गर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रमा प्राप्त  पत्रअनुसार नेपाल सरकारको संस्था दर्ता सम्बन्धी नियमको पालना नगरी आफ्ना गतिविधि अघि बढाएको हुँदा कारबाही गर्न निर्देशन दिएको हो ।

केन्द्रले  इकाइलाई लेखेको पत्रमा भनिएको छ, ‘बाल शिक्षक संस्थाका नामबाट देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रम गर्ने र त्यसका लागि प्रति व्यक्ति रकम समेत उठाउने गरेको भन्ने विषयको गुनासो रहेको, उल्लेखित गुनासोको विषयमा स्थानीय तहसँग समेतका आधारमा समन्वय गरी छानविन तथा आवश्यक कारवाही गर्न तथा सो विषयको जानकारी यस केन्द्रलाई गराई दिनु हुन आदेशानुसार अनुरोध छ।’

अख्तियार दुरुपयेय अनुसन्धान आयोगले मन्त्रालयका सचिवका नाममा लगत कट्टा गर्ने भनी आयोगको माघ १९  मा निर्णय भएकोले आवश्यक कारबाहीको लागि निदर्वेश्न दिएको थियो ।

 आयोगमा  विगत  २०५६ साल देखि मिति २०७२ साल सम्ममा  बालविकास शिशु कार्यकर्ता संघर्ष समिति केन्द्रिय अध्यक्षमा र २०७४ सालदेखि २०७५ साल सम्म बालविकास शिशु कार्यकर्ता संघर्ष समिति चितवनको अध्यक्षमा रहि भरतपुर महानगरापलिका चितवनको बालशिक्षक बसन्त कुमारी चौधरी र मिति २०७२ देखि २०७९ सम्म नेपाल बालविकास शिक्षक केन्द्रिय समितिको अध्यक्षमा बालशिक्षक कृष्णकुमारी थापामगर लगायतकाले उक्त मितिसम्ममा बालशिक्षक संस्था नाममा विविध कार्यक्रमहरु केन्द्र, प्रदेश, जिल्ला पालिकाहरु सबैमा अन्तरक्रिया कार्यक्रम अधिवेशन भेला जस्ता कार्यक्रमहरु गर्दै आएकामा ती कार्यक्रमहरु संचालन गर्ने क्रममा नेपाल भरिका ३६ हजार ८०० बालशिक्षकहरुको नामवाट प्रतिव्यक्ति रु।५००र(रु। १०००र( का दरले उक्त कार्यक्रम खर्च भनि उठाई  रहेको देखिएकोमा सो संस्थाको व्यानर नेपाल सरकारको संस्था दर्ता सम्वन्धि निति नियमलाई पालना नगरी ९विधान बर्ता नगरेको देखिएकोमा उक्त व्यक्तिहरु माथि छानविन गरी नियम अनुसार कारवाही गराई पाऊँ भन्ने  उजुरी परेको थियो ।

 

A Levels MA
Thuprai - Books and E-books