After SEE Portal

अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउने संस्था र  विद्यालयले १५ दिन भित्र  प्रस्ताव पेस गर्नुपर्ने (विस्तृत विवरण सहित)

Bridge Course

अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउन इच्छुक संस्था र सामुदायिक विद्यालय साझेदारीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रस्ताव माग गरेको छ ।

अपाङ्गता क्षेत्रमा काम गर्ने सेवामूलक संस्था र सामुदायिक विद्यालयको साझेदारीमा कक्षा सञ्चालन अनुदान (तीव्र अवस्थामा रहेका अपाङ्गता जस्तै अटिजम, श्रवणदृष्टि विहीनता र बहुअपाङ्गता भएका बालबालिकाका लागि)  कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो ।

केन्द्रद्वारा आव २०८०–८१ का लागि वार्षिक कार्यक्रम अनुसार प्रस्ताव माग गरेको छ ।

योग्यता पुगेका संस्था र सामुदायिक विद्यालयबाट साझेदारीमा कक्षा सञ्चालनका लागि १५ दिन भित्र कार्यालय समयमा  केन्द्रमा आइपुग्नेगरी प्रस्ताव माग गरेको छ ।,

प्रस्ताव पेस गर्नका लागि सामुदायिक विद्यालय र संस्थाबिच कक्षा सञ्चालनका लागि सम्झौता भएको हुनुपर्ने, विद्यालयसँग साझेदारी गर्ने संस्था नियमानुसार दर्ता भएको र नवीकरण भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रस्तावमा संस्थाबाट विद्यालयमा हुने सहयोगको विषय क्षेत्र, लाभान्वित हुने विद्यार्थी सङ्ख्या सहितको सहयोगको ढाँचा स्पष्ट उल्लेख गर्नुपर्ने छ ।

विस्तृत विवरण, प्रस्तावको ढाँचा

A Levels MA