After SEE Portal

भारतीय सहयोगमा बनेका विद्यालय भवनको उद्घाटन

Bridge Course

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको मोती महिला सङ्घ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भारत सरकारले गरेको एक करोड २७ लाख रुपियाँको आर्थिक सहयोगमा दार्चुलाको खलङ्गा, तिंकरमा अवस्थित मोती महिला सङ्घ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाका साथै जिल्ला समन्वय समिति र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । 

सन् १९६० मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दार्चुलाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् ।  यसैगरी भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारत सरकारको दुई करोड ३३ लाख रुपियाँको आर्थिक सहयोगमा दार्चुलाको महाकाली–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले उद्घाटन गरिन् । सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । 

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुरुप यी परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको थियो । यी परियोजनाको कार्यान्वयन क्रमशः दार्चुलाको जिल्ला समन्वय समिति र महाकाली नगरपालिका गरेका हुन् ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाअघि बढाइसकेको छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुलाका छ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन् । उल्लिखित परियोजनाका अतिरिक्त भारतीय राजदूतावासले दार्चुलाका विभिन्न स्वस्थ्य चौकी तथा गैर सरकारी संस्थालाई पाँच वटा एम्बुलेन्स र एउटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । 

A Levels MA