Managed Admission 2022

एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड, इडियुसञ्जालबाट नतिजा हेर्न सकिने

Masters Portal

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले  माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । बोर्ड नतिजा प्रकाशनका लागि डाटा इन्ट्री, रुजुलगायतका सम्पूर्ण कार्य सकरे अन्तिम तयारीमा छ ।

बोर्डले नतिजा प्रकाशनका लागि एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट एसईईको नतिजा प्रकाशन गर्दै छ । एसईई २०७८ को नतिजा सम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी तीनै माध्यमबाट प्रकशन गर्नका लागि इच्छुक संघ-संस्था वा कम्पनीले आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोली विभिन्न शर्तमा नतिजा प्रकाशन गर्न दिएको छ ।

बोर्डले आज सूचना जारी गर्दै  असार २६ गते  भित्र निवेदन दिने विभिन्न सेवा प्रदायक संघ, संस्था वा कम्पनीलाई नतिजा प्रकाशनको जिम्मेबारी दिएको जनाएको छ ।

२०७८ को एसईईको नतिजा इडियुसञ्जालबाट हेर्न तथा  प्राप्त गर्न सकिने भएको छ । एडियुसञ्जालको वेबसाइट अन्तर्गत see.edusanjal.com मा  हेर्न मिल्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बोर्डको दुबै वेबसाइटबाट, नेपाल टेलिकम, कान्तिपुर लगायतका  वेबसाइटबाट र विभिन्न सेवाप्रदायक कम्पनीमा  एसएमएस गरेर नतिजा हेर्न सकिने सूचनामा  उल्लेख गरिएको छ । 

एसईई वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा चार लाख ९५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

 

I Tech store
Thuprai - Books and E-books