राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । बोर्ड नतिजा प्रकाशनका लागि डाटा इन्ट्री, रुजुलगायतका सम्पूर्ण कार्य सकरे अन्तिम तयारीमा छ ।
बोर्डले नतिजा प्रकाशनका लागि एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट एसईईको नतिजा प्रकाशन गर्दै छ । एसईई २०७८ को नतिजा सम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी तीनै माध्यमबाट प्रकशन गर्नका लागि इच्छुक संघ-संस्था वा कम्पनीले आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोली विभिन्न शर्तमा नतिजा प्रकाशन गर्न दिएको छ ।
बोर्डले आज सूचना जारी गर्दै असार २६ गते भित्र निवेदन दिने विभिन्न सेवा प्रदायक संघ, संस्था वा कम्पनीलाई नतिजा प्रकाशनको जिम्मेबारी दिएको जनाएको छ ।
२०७८ को एसईईको नतिजा इडियुसञ्जालबाट हेर्न तथा प्राप्त गर्न सकिने भएको छ । एडियुसञ्जालको वेबसाइट अन्तर्गत see.edusanjal.com मा हेर्न मिल्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बोर्डको दुबै वेबसाइटबाट, नेपाल टेलिकम, कान्तिपुर लगायतका वेबसाइटबाट र विभिन्न सेवाप्रदायक कम्पनीमा एसएमएस गरेर नतिजा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
एसईई वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा चार लाख ९५ हजार परीक्षार्थी सहभागी भएका थिए ।