गणित विषयमा आयोगले शिक्षक पाएन (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

प्रदेश

माग 

 सहभागी

उत्तीर्ण

नपुग

१

७६

१४०

२८

४८

मधेश

१७

१५

४

१३

बागमती

५९

१७७

५४

५

गण्डकी

५१

१५०

३२

१९

लुम्बिनी

३७

७३

१४

२३

कर्णाली

२९

६१

८

२१

सुदूरपश्चिम

१६

४५

११

५

जम्मा

२८५

६६१

१५१

१३४

आयोगले सबै प्रदेश गरी २८५ दरबन्दीका लागि शिक्षक माग गरेकोमा  १५१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् । आयोगले गणितमा १३४ दरबन्दीका लागि खुला तर्फ शिक्षक त अन्तर्वाताका लागि नै छनोट गर्न सकेन ।

प्रकाशित नतिजा अनुसार प्रदेश १ मा समावेशी कोटा सहित ७६ दरबन्दीका लागि १४० परीक्षार्थीले विषयगत परीक्षा दिएका थिए । सो परीक्षामा २८ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा ४८ जना शिक्षक दरबन्दी खाली नै रहेको छ ।

त्यस्तै मधेश प्रदेशमा १७ शिक्षकका लागि माग गरिएको विषयगत परीक्षामा १५ जना मात्र सहभागी भए । सहभागी मध्ये ४ जना मात्र शिक्षक अन्तर्वाताका लागि छनोटमा परेका छन् ।

त्यस्तै बागमती प्रदेशमा ५९ दरबन्दीका लागि १७७ जना परीक्षार्थीले विषयगत लिखित परीक्षा दिएकोमा ५४ जनामात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका लागि  ५१ शिक्षक दरबन्दी माग भएकोमा विषयगत लिखित परीक्षामा  १५० जना सहभागी भए  पनि ३२ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशमा ३७ जना दरबन्दीका लागि माग गरिएको भए पनि १४ जना  मात्र उत्तीर्ण भएका छन् । परीक्षामा ७३ जना सहभागी भएका थिए । त्यस्तै  कर्णाली प्रदेशमा २९ रिक्त दरबन्दीको लागि ६१ जनाले परीक्षा दिएका थिए । तर  ८ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेशको लागि १६ पदका लागि विज्ञापन भएकोमा पविषयगत लिखित परीक्षामा  ११ जना मात्रै उत्तीर्ण भएका छन् । सो परीक्षामा ४५ जनाले विषगत लिखित परीक्षामा सहभागी भएका थिए ।

आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि चैत १५ गते सामान्यतर्फको र असार  ९ गते विषयगत परीक्षा सञ्चालन गरेको थियो ।  विषयगत लिखित परीक्षामा आयोगले असोज २८ र २९ गते अन्तर्वार्ता गर्ने भएको छ ।

नतिजा हेर्नुहोस्ः

Degrees offered in nepal
Counseling