
शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
			प्रदेश | 
			
			माग | 
			
			सहभागी | 
			
			उत्तीर्ण | 
			
			नपुग | 
		
			१ | 
			
			७६ | 
			
			१४० | 
			
			२८ | 
			
			४८ | 
		
			मधेश | 
			
			१७ | 
			
			१५ | 
			
			४ | 
			
			१३ | 
		
			बागमती | 
			
			५९ | 
			
			१७७ | 
			
			५४ | 
			
			५ | 
		
			गण्डकी | 
			
			५१ | 
			
			१५० | 
			
			३२ | 
			
			१९ | 
		
			लुम्बिनी | 
			
			३७ | 
			
			७३ | 
			
			१४ | 
			
			२३ | 
		
			कर्णाली | 
			
			२९ | 
			
			६१ | 
			
			८ | 
			
			२१ | 
		
			सुदूरपश्चिम | 
			
			१६ | 
			
			४५ | 
			
			११ | 
			
			५ | 
		
			जम्मा | 
			
			२८५ | 
			
			६६१ | 
			
			१५१ | 
			
			१३४ | 
		
आयोगले सबै प्रदेश गरी २८५ दरबन्दीका लागि शिक्षक माग गरेकोमा १५१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् । आयोगले गणितमा १३४ दरबन्दीका लागि खुला तर्फ शिक्षक त अन्तर्वाताका लागि नै छनोट गर्न सकेन ।
प्रकाशित नतिजा अनुसार प्रदेश १ मा समावेशी कोटा सहित ७६ दरबन्दीका लागि १४० परीक्षार्थीले विषयगत परीक्षा दिएका थिए । सो परीक्षामा २८ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा ४८ जना शिक्षक दरबन्दी खाली नै रहेको छ ।
त्यस्तै मधेश प्रदेशमा १७ शिक्षकका लागि माग गरिएको विषयगत परीक्षामा १५ जना मात्र सहभागी भए । सहभागी मध्ये ४ जना मात्र शिक्षक अन्तर्वाताका लागि छनोटमा परेका छन् ।
त्यस्तै बागमती प्रदेशमा ५९ दरबन्दीका लागि १७७ जना परीक्षार्थीले विषयगत लिखित परीक्षा दिएकोमा ५४ जनामात्र उत्तीर्ण भएका छन् ।
त्यस्तै गण्डकी प्रदेशका लागि ५१ शिक्षक दरबन्दी माग भएकोमा विषयगत लिखित परीक्षामा १५० जना सहभागी भए पनि ३२ जना मात्र उत्तीर्ण भएका छन् ।
त्यस्तैगरी लुम्बिनी प्रदेशमा ३७ जना दरबन्दीका लागि माग गरिएको भए पनि १४ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षामा ७३ जना सहभागी भएका थिए । त्यस्तै कर्णाली प्रदेशमा २९ रिक्त दरबन्दीको लागि ६१ जनाले परीक्षा दिएका थिए । तर ८ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।
सुदूरपश्चिम प्रदेशको लागि १६ पदका लागि विज्ञापन भएकोमा पविषयगत लिखित परीक्षामा ११ जना मात्रै उत्तीर्ण भएका छन् । सो परीक्षामा ४५ जनाले विषगत लिखित परीक्षामा सहभागी भएका थिए ।
आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि चैत १५ गते सामान्यतर्फको र असार ९ गते विषयगत परीक्षा सञ्चालन गरेको थियो । विषयगत लिखित परीक्षामा आयोगले असोज २८ र २९ गते अन्तर्वार्ता गर्ने भएको छ ।


