CMAT

विद्यालय शिक्षा विधेयक दफावर छलफलका लागि समितिमा

Bachelors Portal

शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ ।

सो विधेयक माथि परेका  १५४ ओटा भन्दा बढी संशोधन प्रस्ताव सहित समितिमा पुगेको हो ।

सचिवालय स्रोतका अनुसार संशोधनका लागि दर्ता भएका प्रस्तावहरूलाई कम्पाएल गरी आज समितिमा विधेयक पठाइएको छ ।

संसद सचिवालयबाट आएको संशोधन प्रस्तावलाई  प्रस्तावक संसद र साथै सरोकारवालाहरूसँग दफावार छलफल गरेर प्रतिवेदन सभामुखलाई पठाएपछि प्रतिनिधि सभामा लगिने  शिक्षा समितिले जानकारी दियो ।

साथै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अब बस्ने प्रतिनिधि सभाको बैठकमा राख्ने गरी छलफल गरेर प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएको समितिले जानकारी दियो ।

सो विधेयक भदौँ २१ गते बिहिवार बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेस गर्ने निर्णय गरेसँगै सङ्घीय संसद सचिवालयमा भदौँ २६ गते शिक्षामन्त्री अशोक राई पेस गरेका थिए ।

Thuprai - Books and E-books
I Tech store