Bachelors Portal

तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजा सुधार

Managed Admission 2022

विगत तीन वर्षभन्दा यो वर्ष  कक्षा १२ को नतिजामा सुधार भएको पाइएको छ । यो वर्ष विगत तीन वर्ष भन्दा ३.६१ देखि ४.० जीपीए ल्याउनको संख्या समेत बढी रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले अहिले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा  ९ हजार ५९१ विद्यार्थीले  ३.६१ देखि ४.० जीपीए ल्याएका छन् ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार कुल विद्यार्थी ४ लाख ९१ हजार ४९७  जनामा विद्यार्थी  मध्ये १.९५ प्रतिशत विद्यार्थीले सो समूहको जीपीए प्राप्त गरेका हुन् ।  गत वर्ष यो समूहको जीपीए ल्याउने विद्यार्थीको संख्या   ६ हजार ९७६ जना रहेको थियो । भने शैक्षिक वर्ष २०७८ मा ४ हजार १७९ विद्यार्थीले यो समूहको जीपीए ल्याएका थिए ।

त्यसैगरी यो वर्ष ३.२ देखि ३.६  जीपीए ल्याउनेको संख्या ४६, हजार  ८९३ जना रहेको छ । भने २.८ देखि३.२ सम्म जीपीए ल्याउनेको संख्या ७८, हजार ७५ जना रहेको छ । त्यसैगरी २.४देखि २.८ जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ जना रहेको छ । त्यसैगरी यो वर्ष २.१ देखि २.४ जीपीए ल्याउनेको संख्या ८ हजार २४० रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना रहेको छ ।

त्यसैगरी एन जी ल्याउनेको संख्या १ लाख ८७ हजार २१ जना अनुत्तीर्ण भएका छन् कुल विदँर्थी मध्ये नियमितर्फ ३ लाख ९० हजार ८६८ मध्ये यो वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  भने गत वर्ष ५१.९१ प्रतिशत, र २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण  भएका थिए ।

१२२ जना विद्यार्थीको नतिजा रद्द

परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ ।

रद्द गरिएका विद्यार्थीहरूको नतिजा समेत नआउने बोर्डले जनाएको छ ।

Select college / campus