CMAT

प्राविधिक समस्या नदेखिए आजबाट प्राविको नतिजा सार्वजनिक हुने

Bachelors Portal

शिक्षक सेवा आयोगले प्राविधिक समस्या नआाएमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट प्रतियोगिताको विषयगत परीक्षाको नतिजा आजबाट गर्ने भएको छ ।

आयोग उच्च स्रोतका अनुसार आयोग नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको छ ।

सम्पूर्ण तयारी सकेर आयोगले आफ्नो वेबसाइट मार्फत् केही समय पछाडि दुई वा तीन जिल्लाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दियो । प्रविधिमा समस्या देखिएमा मात्र नतिजा आज रोकिने आयोगले जानकारी दियो ।

आयोगले गत चैत ९ गते कुल ७ हजार ८८२ पदका लागि विज्ञापन गरेको थियो । सो विज्ञापन अनुसार लिइएको सामान्य परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भएका थिए ।

सो परीक्षामा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्षामा १ लाख ३४४ जना सहभागी भएका थिए ।

आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत ९सामान्य० परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए । त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए । त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।

Thuprai - Books and E-books
I Tech store