After SEE Portal

शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सुझाव

Bridge Course

शिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने प्रँवधान कार्यान्वयन गर्न सुझाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई राय पेस गर्दै आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने राय दिएको हो ।

एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग मागेको रायमा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने जवाफ दिएको छ ।

शिक्षक सेवा आयोगले केन्द्रलाई राय दिँदै भनेको छ ‘शिक्षक सेवा नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (३) अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

A Levels MA