After SEE Portal

पठनपाठनको फरक जुक्ति अपनाउँदै इच्छाकामना गाउँपालिका

Bridge Course

चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय उमेर समूहका बालबालिकालाई निरन्तर पठनपाठन गराउने फरक जुक्ति निकालेको छ ।

गाउँपालिकाका ५१ सामुदायिक विद्यालय र चार संस्थागत विद्यालयले सबैले आगामी असार २१ गते देखि टोल शिक्षा मार्फत पढाउनु पर्ने भएको छ । गाउँ शिक्षा समितिको योजना अनुसार आकश्यक सर्तकता अपनाउँदै आगामी २१ गतेदेखि गाउँपालिका भित्रका बालबालिकाले पढ्न पाउने गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् । ‘कोरोना भाइरसको सङ्क्रमण र त्यसको. रोकथामका लागि सरकारले दिएका सबै निर्देशनलाई पालना गरी सामाजिक दुरी कायम गर्दै टोल शिक्षा सञ्चालन गर्न लागिएको हो ।’ अध्यक्ष गुरुङले भनिन्, ‘गाउँपालिकाभित्र कार्यरत सबै शिक्षकहरुलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको छ तत्काललाई गाउँपालिका भित्रैका शिक्षकबाट पठनपाठन शुरु गरिनेछ ।’

बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि ठप्प भएको विद्यालयको पठनपाठनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिइएको गाउँ शिक्षा अधिकृत दुर्गादेवी खड्काले जानकारी दिइन् ।

A Levels MA