After SEE Portal

विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईने

Bridge Course

विद्युती शिक्षण सामग्री उत्पादन गरी अनलाईन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईने नीति सरकारले लिएको छ । सबै विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईने सरकारकोआगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

शिक्षित बेरोजगार युवाहरुलाई प्रमाणपत्रको आधारमा रोजगारी कार्यक्रममा आवद्ध गरिने सरकारको तयारी छ । एक वर्ष भित्र देशलाई साक्षर नेपाल घोषणा गरिने भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालयको शिक्षालाई अनुसन्धानमा आधारित बनाईने बताईन । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुदृढ गर्ने र समय सापेक्ष पाठ्यक्रम परिमार्जन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘चिनौ आफ्नो माटो बनाऔं’ आफ्नो देश भन्दै स्नातकोत्तर पुरा गरेका विद्यार्थीलाई विकास निर्माणमा परिचालन गरिने भएको छ ।सो कार्यक्रम अन्तर्गत स्नातकोत्तर पुरा गरेका विद्यार्थीलाई विकास निर्माणमा परिचालन गरिने विषय समेटिएको छ । सवै विद्यार्थीलाई कम्तीमा माध्यामिक विद्यालय सम्म पढाउने बाताबरणको सुनिश्चित गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाईने भएको छ । विज्ञान विषयमा विद्यार्थीको रुचि बढाउन वैज्ञानिक सिकाई विधिमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी तीन वर्षभित्र सबै प्राविधिक विद्यालयहरुलाई पूर्वाधारयुक्त बनाईने भनिएको छ । प्राविधिक जनशक्तिको अभाव हटाउन प्राविधक शिक्षा विस्तार गरिने नितीमा तथा कार्यक्रममा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books