समायोजन ढाँचा कार्यान्वयनका लागि प्रधानाध्यापकलाई योजना बनाउन आग्रह

सरकारले हालै सार्वजनिक गरेको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ कार्यान्वयनका लागि हरेक विद्यालयका प्रधानाध्यापकलाई विषय शिक्षक र विज्ञसंग परामर्श गरी कार्ययोजना बनाउन पाठ्यक्रम विकास केन्द्रले सबै प्रधानाध्यापकलाई आग्रह गरेको छ ।

केन्द्रका महानिर्देशक केशवप्रसाद दहालले प्रधानाध्यापकलाई विज्ञसंग परामर्श गरी कार्यान्वयनको योजना बनाउन, समायोजन नभएका विषयलाई सम्बन्धित विषय र शिक्षकको निर्देशनमा सहजीकरण हुने विषय छुट्याउन आग्रह गरिएको जानकारी दिए ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को भदौ ३० को निर्णयबाट सिफारिस भई नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालको असोज१ को निर्णयबाट कार्यान्वयनका लागि पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ स्वीकृत भएको हो ।

पाठ्यवस्तु समायोजना ढाँचा, २०७७ ले कक्षा १—३ मा वार्षिक ६९० कार्यघण्टा, कक्षा ४—१० मा वार्षिक ८४८ कार्यघण्टामा पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यलाई प्राप्त हुने गरी पाठ्यवस्तु समायोजन गरी सहजीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले सामान्यतयाः शैक्षिक सत्र चैत्रबाट सुरु हुँदा १—३ मा वार्षिक ८३२ कार्यघण्टा र कक्षा ४—१० मा वार्षिक १०२४ कार्यघण्टा निर्धारण गरेको छ ।

वर्तमान विषम परिस्थितिमा विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन र वैकल्पिक उपायको अवलम्बन गरी पाठ्यव्रmमले तोकेका न्यूनतम सिकाइ उपलब्धिहरू हासिल हुने गरी विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिकाइ सजहजीकरण गर्न मन्त्रालयले असोज १ गते देखि वैकल्पिक सिकाइलाई निरन्तर दिँदै समायोजना ढाँचा जारी गरेको हो ।

प्रत्यक्ष कक्षा सञ्चालन हुन सक्ने अवस्था हुँदा तथा नहुँदा समेत शैक्षिक वर्ष २०७७ को बाँकी अवधिमा निर्धारित पाठ्यव्रmमका पाठ्यवस्तुलाई समायोजन गरेर मात्र सिकाइ उपलब्धि सुनिश्चित गर्न सकिने अवस्था देखिएको हुँदा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्ने मन्त्रालयले गरेको निर्णयअनुसार प्रधानाध्यापकलाई समायोजना ढाँचा कार्यान्वयन का लागि शिक्षक तथा विज्ञको सहयोगमा योजना बनाउन आग्रह गरिएको केन्द्रले जानकारी दियो ।

 

Thuprai - Books and E-books