After SEE Portal

आदर्श सौलः विद्यालयले मनायो स्वर्ण महोत्सव

Bridge Course

ललितपुरको सैबु, बुङ्गमती अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । २०२६ साल माघ २६ गते स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाएको हो ।

विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले आफनो कार्यकालमा विद्यालयले स्वर्ण वर्ष मनाउन पाउनु गर्वको विषय भएको बताए ।

‘स्वर्ण महोत्सवको समयमा विद्यालयको जिम्मेवारीमा बसेर शिक्षा दिन पाउनु मेरो लागि अवस्मरणिय क्षण हो,’ उनले भने, ‘हिजोका शिक्षक÷शिक्षिका तथा हाल भईरहेका शिक्षक-शिक्षिकाको मेहेनत तथा गुणस्तरीय शिक्षाले गर्दा यति लामो यात्रा सम्भव भएको हो । मैले आफूले सिकेको ज्ञान नयाँ पिढीको लागि बाँड्ने सोचमा आर्दश सौलले सहजताको भूमिका खेलेको छ ।

’विद्यालयका सहप्रधानाध्यापक  लक्ष्मणवावु तिवारीले समाजका हरेक तहबाट विद्यालयलाई प्राप्त सहयोग मार्फत् नै यति लामो दुरी पार गर्न सफल भएको बताए । ‘हामीले गरेको मिहिनेतको परिणाम हो,’उनले भने, ‘हामीले दिनरात मिहिनेत गरेकै कारण आज यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वर्गले नयाँ ज्ञान प्राप्त गर्न सकेका छन् । ’

पूर्व विद्यार्थी सबिना महर्जनले आर्दश सौल विद्यालय लामो समयदेखि गुणस्तरीय शिक्षा दिन सफल भएको बताईन् ।

विद्यालयको सुरुवाती नाम आर्दश सौल ः युवक हाई स्कुल थियो । रातो मच्छिन्द्रनाथ पार्टी रहेको मछिन्द्र बहालबाट पठनपाठन सुरु भएको थियो । विद्यालयमा बिहानी र दिवा गरेर पूर्व प्राथमिक तहदेखि कक्षा १२ अर्थात् माध्यमिक तहसम्म पढाई हुँदै आएको छ ।२०४१ सालदेखि एस.एल.सी परिक्षामा विद्यार्थीहरु सामेल गराँउदै आएको विद्यालय करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ भने हाल ६ वटा भवनमा अध्ययन अध्यापन हुदैं आएको छ, भने विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद स्थलहरु समेत रहेको छ ।

A Levels MA
Thuprai - Books and E-books