After SEE Portal

भूगोलका पाठ्यपुस्तक किन्न पाइँदैन

Bridge Course

नेपालको नयाँ क्षेत्रफल निश्चित नभएका कारण कक्षा ९ र १० को भूगोल विषयको संशोधित पाठ्यपुस्तक प्रकाशित हुन सकेको छैन । यसले गर्दा शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि विद्यार्थीका हातमा भूगोलको पाठ्यपुस्तक पुग्न सकेको छैन ।

नेपालको नयाँ नक्सा जारी भएपछि पाठ्यक्रम विकास केन्द्रले पुरानै किताबमा नयाँ नक्सामात्र परिवर्तन गरेर पठनपाठन गर्ने निर्णय गरेको थियो । सोअनुसार जनक शिक्षा सामग्री केन्द्रले पुराना किताबमा नयाँ नक्सा टाँसेर बिक्री गरेको थियो । अन्य विषयमा एउटा वा दुई वटा नेपालमा नक्सा भए पनि भूगोलमा धेरै सङ्ख्यामा नक्सा छापिएका छन् । ती सबैमा नयाँ नक्सा टाँस गर्न सम्भव नहुने भएपछि पुनः नयाँ पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ ।

जनक शिक्षाका प्रवन्ध निर्देशक अनिल झाले पाठ्यक्रम विकास केन्द्रबाट प्रिन्ट रेडी कपी (पीआरसी) प्राप्त नभएकाले भूगोलको नयाँ नक्सासहितको पाठ्यपुस्तक प्रकाशन नभएको स्पष्ट गरे ।

पुरानै नक्सा भएको भूगोलका पाठ्यपुस्तक बिक्रीका लागि बजार पुगेपछि त्यसको विरोध भएको थियो । त्यस घटनापछि जनक शिक्षाले ती पाठ्यपुस्तक बिक्री नगर्ने निर्णय गरेको थियो । जनक शिक्षाका क्षेत्रीय गोदामहरुमा ती पाठ्यपुस्तक छन् तर बिक्री नगर्ने नीतिअनुरुप बजारमा पठाइएको छैन ।

पाठ्यक्रम विकास केन्द्रका उपसचिव डा. गणेश भट्टराईले नेपालको नयाँ नक्सा सच्याएर हाल्न जनक शिक्षालाई भनिएको बताउँदै थपे, “तत्कालका लागि स्टकमा रहेका पाठ्यपुस्तकमा नक्सा सच्याएर बिक्री गर्न सकिन्छ । त्यस्तो गर्न जनक शिक्षालाई भनिएको पनि छ ।”

उनले भूगोलको पाठ्यपुस्तकमा विकास क्षेत्र र पुरानो नक्सा भएकोले त्यसलाई पूरै सच्याउनुपर्ने भएकोले ती हटाएर नयाँ पीआरसी तयार भइरहेको बताउँदै केही दिनभित्र पीआरसी तयार गरेर जनक शिक्षालाई उपलब्ध गराउने जानकारी दिए ।

यस वर्ष कक्षा २, ३ र ६ को नयाँ पाठ्यपुस्तक प्रयोगमा ल्याइएको छ । आगामी वर्ष कक्षा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक प्रयोगमा ल्याइनेछ । आगामी वर्ष कक्षा ९ को पूरै पाठ्यपुस्तक नयाँ भए पनि यस वर्ष भूगोल विषय लिएकाहरुको हातमा पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या परेको भनाइ शिक्षकहरुको छ । भूगोल विषय लिएकाहरुले नेपालको नयाँ नक्साका बारेमा अध्ययन गरे पनि नेपालको क्षेत्रफल सरकारले टुङ्गो नलगाइदिएकाले नेपालको नयाँ क्षेत्रफल पढ्नु परेको छैन ।

  

A Levels MA
Thuprai - Books and E-books