CMAT

आजदेखि १७७ जनालाई लोक सेवा तयारी गर्न सिकाउँदै महानगरपालिका

Bachelors Portal

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । महानगरपालिकाले चैतन्य एकेडेमीसंगको सहकार्यमा तयारी कक्षा सुरु गरेको हो ।

महानगरले २०५ जना आवेदक मध्ये आजदेखि १७७ जनालाई तयारी कक्षा सुरु गरेको महानगरपालिकाले जानकारी दियो ।

 महानगरपालिकाले गत वैशाख २२ गते सार्वजनिक सूचना जारी गर्दै लोक सेवा तयारी कक्षा सञ्चालन गर्नेगरी आवेदन माग गरेको थियो ।

कक्षा लिनेमा खरिदार र जना नायब सुब्बाका लागि ७२ जना छन् भने १०५ जना शाखा अधिकृत पदको तयारी गर्ने रहेका छन् ।

आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए । ‘युवाहरूको वौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ ।’ उनले भने, ‘महानगरबासीहरुमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो ।’

पूर्व सचिव एवम कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, वौद्धिक क्षमता र  सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखेका थिए । ‘यसमा व्यक्तिको होइन, क्षमताको मूल्याङ्कन गरिन्छ । यसकारण सबैका लागि समान अवसर छ’ मैनालीले भने ।

तयारी कक्षामा सहभागी हुन चाहनेले भौतिक रुपमा कक्षामा उपस्थित हुनै पर्ने हुँदा अनलाइन कक्षा लिने सुविधा नधएको  सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले बताए । ‘कक्षाबिचमा छोड्ने छुट कसैलाई पनि छैन । यदि कसैले कक्षा छोड्यो भने त्यसवापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।’

कक्षा संयोजक रितु कर्णकाअनुसार तालिम आउँदो भदौ महिनासम्म सञ्चालन हुने छ । तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० बर्ष  र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएका सहभागी छन् ।

 

Thuprai - Books and E-books
I Tech store