After SEE Portal

औपचारिक वार्ता भोलिबाट

Bridge Course

वार्ताको प्रक्रिया थाल्ने उद्देश्यले आन्दोलनरत नेपाल शिक्षक महासङ्घका पदाधिकारी र सरकारका मन्त्रीहरूबीच आज साँझ छलफल भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतत्वमा अर्थमन्त्री, कानुनमन्त्री र शिक्षामन्त्रीका साथै अर्थ, कानुन र शिक्षा सचिव सो छलफलमा सहभागी थिए । 

छलफलमा सहभागी नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरीले सरकारले वार्ताका लागि औपचारिक पत्र नदिएको बताउँदै भने, “गृहमन्त्रीले सचिवहरुलाई भोलि विहान औपचारिक पत्र दिन निर्देशन दिनुभएको छ । औपचारिक पत्र प्राप्त गरेपछि आन्दोलन स्थलमा सो बारे शिक्षकहरुलाई जानकारी गराउनेछौँ । त्यसपछिमात्र वार्तामा बस्ने छौँ ।”

उनले सम्भवतः भोलि शुक्रबारदेखि नै वार्ता जारी हुनसक्ने बताए । उनले भने, “वार्ता प्रक्रिया जारी रहन्छ, आन्दोलन पनि सँगसँगै जारी रहन्छ । वार्तामा सहमति भएपछिमात्र आन्दोलन रोकिनेछ ।”

यसअघि आजै विहान सुरक्षा व्यवस्थालाई लिएर महासङ्घका पदाधिकारी र गृहमन्त्री तथा शिक्षामन्त्रीबीच कुराकानी भएको थियो । शिक्षकहरु विद्यालय शिक्षासम्बन्धी विधेयकलाई लिएर आन्दोलनमा छन् ।  

A Levels MA
Thuprai - Books and E-books