After SEE Portal

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा सबै आङ्गिक क्याम्पसको शुल्क समायोजन

Bridge Course

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना १६ वटा आङ्गिक क्याम्पसको शुल्क समायोजन गरेको छ । विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसको शुल्कमा विविधता भएको हुनाले समायोजन गरेको हो ।

विश्वविद्यालयले स्नातक तहको बीए, बीए र बीबीएसको मासिक शुल्क पाँच सय लिँदै आएको रजिष्टार प्राडा गोविन्दसिंह बिष्टले बताए ।

विश्वविद्यालयमा २०७० सालमा समायोजन भएको तत्कालीन सिद्धनारायण बहुमुखी क्याम्पसमा मासिक रु. तीन सय रुपियाँ शुल्क लिँदै आएको क्याम्पसले यो वर्षबाट पाँचसय शुल्क लिने भएको छ । विश्वविद्यालयले शुल्कमा एकरुपता कायम गर्दा उक्त क्याम्पसको शुल्क बढेको देखिएको भए पनि कैलाली बहमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, त्रिवेणी बहमुखी क्याम्पसको शुल्क न्यून भएपनि घटेको रजिष्टार बिष्टले जानकारी दिए ।

यसैबीच विश्वविद्यालयले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । शुल्क वृद्धिको विरोध गर्दै सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विदार्थीहरुले चैत १२ गतेसम्म विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

विद्यार्थीले शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने, प्लेकार्डसहित धर्ना दिने जस्ता कार्यक्रम तय गरेका छन् । शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहने विद्यार्थी गणेशराज मिश्रले जानकारी दिए । ।” विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनारायण बहुमुखीको लेखा शाखामा तालाबन्दी गरेका छन् । कयाम्पसमा पदाधिकारीलाई प्रवेश निषेध गरेका छन् ।

कोभिड–१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनु परेको विद्यार्थीको भनाइ छ ।

विरोध कार्यक्रमका बिच अध्यापनको कार्यलाई भने अवरोध गरेका छैनन् । शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले दुई साता अघिदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।

विश्वविद्यालयले भने सबै कार्यक्रम सेमेस्टर प्रणालीमा लगिएको हुँदा केही खचिर्लो हुनुका साथै एउटै विश्वविद्यालयबाट सञ्चालित एउटै कार्यक्रमको फरकफरक क्याम्पसमा फरक फरक शुल्क गर्नुभन्दा एकरुपता गर्दा प्रभावकारी हुने उद्देश्यले शुल्क समायोजन गरेको जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books