After SEE Portal

शिक्षक कर्मचारीका सबै मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने महासंघको चेतावनी

Bridge Course

नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीका काग मुद्दा सबै सम्बोधन गर्नु पर्ने बताएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै स्थायी, राहत, साविक उमावि, बालकक्षा, अस्थायी र करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दा सम्बोधन गर्न सक्नुपर्ने बताएको हो ।

लामो प्रतीक्षा पछि आउने क्रममा रहेको नयाँ सङ्घीय शिक्षा ऐनले शिक्षक कर्मचारीका सबै मागमुद्दा सम्बोधन गरी देशमा गुणस्तरीय शिक्षाको विकासका लागि नयाँ बाटो तय गर्नुपर्ने बताएको छ ।

नयाँ ऐनले नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बिच भएका विगतका सबै सहमतिको कार्यान्वयन  गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले आधिकारिकरुपमा महासंघसंग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल नगरेको भन्दै गुनासो समेत गरेको छ ।

यो घटनालाई नेपाली शिक्षक–कर्मचारीका जायज मागमुद्दामाथि धोका वा षडयन्त्रको लक्षणरुपमा हामी बुझिरहेका विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाली शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाको प्रतिरोध गर्न महासंघ कडा आन्दोलनको कार्यक्रम सहित अघि आउने घोषणा गरेको छ ।

A Levels MA