CMAT

सुदुरपश्चिम विश्वविद्यालयले हल्ट प्राइजअन क्याम्पस प्रोग्रामको फाइनल आज गर्दै

Bachelors Portal

हल्ट प्राइज,सुदुरपश्चिम विश्वविद्यालय अन क्याम्पस प्रोग्रामको फाइनल आज हुने भएको छ । आज २ बजेदेखि ५ बजेसम्म आयोजना हुने फाइनल कार्यक्रममा विभिन्न कलेजका १२ समूहले प्रतिस्पर्धा गर्ने विश्वविद्यालयले जानकारी दियो ।

करिब १२ वटा समूहबिच विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गराई विश्वविद्यालयले आज उत्कृष्ट समूह छनोट गर्ने भएको हो । विश्वविद्यालयले यो वर्ष सुदुरपश्चिम मै पहिलो पटक हल्ट प्राइज आयोजना गर्ने भएको छ ।

युवालाई सफल उद्यमी तथा व्यापारी बनाउने उद्देश्यले विश्वविद्यालयले सो कार्यक्रमको आयोजना गर्न लागेको साइन्स एण्ड टेक्नोलोजी विभागका डीन प्राडा पूर्णबहादुर चन्दले बताए । ‘बाच्नका लागि खाना चुनौति विषयमा प्रतिष्पर्धा हुन्छ ।’ उनले भने, ‘जुन टिमले सोही विषयमा रहेर आफ्नो उत्कृष्ट अनि तार्किक विजनेस आइडियाजहरु राख्छ सो टिम नै यसमा विजेता हुनेछ, यसले भोकालाई गाँस,नाङ्गालाई कपास ,घरबारविहीनलाई बाँस ,बेरोजगारलाई रोजगार दिई अर्थोपाजर्नमा उत्प्रेरित गर्ने छ।’

Thuprai - Books and E-books
I Tech store