After SEE Portal

पुरस्कृत हुने भए उत्कृष्ट विद्यालयहरु

Bridge Course

काठमाडौं । शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयलले पुरस्कृत हुने उत्कृष्ट विद्यालयको छनौट गरेको छ । कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । 

      


जस अनुसार ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ अन्र्तगत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । 


यस्तै सोही समूह अन्र्तगत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभिष्सै कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् । 

माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुणमावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । 

यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । 

तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । 

यी सबै विद्यालयलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने छ ।

A Levels MA