A Levels MA

अहिले सम्म एसईईमा देखिएका त्रुटि

चैत्त १७ गते बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरन्तर त्रुटिका समाचार बाहिरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले पूर्व निर्धारित गरेको तालिका अनुसार आज अनिवार्य नेपाली विषयको परीक्षा हो । आजको परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको प्रशज पत्र पुगेपछि छ ।

धनुषाको रामप्रसाद माविमा पठाइएको खाममा नेपाली लेखिए पनि भित्र भने विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

त्यसैगरी अंग्रेजी विषयको परीक्षाका दिन पनि धनुषाको औरही गाउँपालिका स्थित चक्कर मावि परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पठाइएको थियो ।

गणितको प्रश्नपत्र सुधार भएन

बोर्डले हिजो सञ्चालन गरेको गणित विषयको परीक्षामा राष्ट्रिय परीक्षा बोर्डको अडियो नोटिसबाट गणितका दुईओटा प्रश्न सुधार गर्न भनिएको थियो तर धेरै केन्द्राध्यक्षले त्यो नोटिस सुन्दै नसुनेको प्रतिक्रिया दिए । अधिकांशले  सुन्नु पर्छ भन्ने याद नै नगरेको बताए ।

धेरै केन्द्रको परीक्षामा विद्यार्थीको प्रश्न सच्चिएन बोर्डले जारी गरेको अडियो नोटिसको टोल फ्री नम्बरमा फोन गर्दा सञ्चार हुने सन्देश अत्यन्तै छिटो भएकोले त्यो बोलि सुन्न नै कम्तीमा चार पटक सुन्नु पर्ने हुँदा धेरैले नसुनेको प्रतिक्रिया दिए ।

Thuprai - Books and E-books