SEE Result 2082

नेकमा इन्जिनियरिंग रिसर्च प्रोजेक्ट कार्यशाला सम्पन्न

भक्तपुर (इस) भाद्र २, नेपाल इन्जिनियरिंग कलेज (नेक) चाँंगुनारायण भक्तपुर अन्तर्गत गठित सेन्टर फर एप्लाईड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (सीएआरआरडी) को आयोजनामा इन्जिनियरिंग रिसर्च प्रोजेक्ट “इनोभेटिब द फ्यिुचर” कार्यशाला सम्पन्न भएको छ ।

 कार्यक्रममा विद्यार्थीले कन्सेप्ट पेपर, प्रोपोजल एण्ड रिपोर्ट राइटिंग, विजनेश मोडेल, प्रोटोटाइप, पोष्टर प्रिजेन्टेशन, आदिबारे प्रस्तुत गरेका थिए ।

 समाजमा आइपर्ने समस्याहरुलाई इन्जिनियरिंग क्षेत्रबाट हल गर्ने उद्देश्यका साथ कार्यशाला गोष्ठी भएको थियो । आषाढ ११ गतेबाट सुरु भएको कार्यशाला श्रावण ३२ गते सम्पन्न भयो ।

 कार्यशालामा ग्राउण्ड वाटर एक्उिफर रिचार्ज लगायतका विभिन्न रिसर्च प्रोजेक्ट प्रस्तुत गरिएको थियो । विद्यार्थीले प्रस्तुत गरेका पेपरहरुको निर्णयकहरुमा कलजलेका प्रा. सावित्री त्रिपाठी, इडियुसञ्जालका प्रमुख वित्त अधिकारी राजन कोइराला, सफ्टोनिक्सका निर्देशक दिभेष श्रेष्ठ, ई.कृष्णराम एन्डो, सिए हरिकुमार सिलवाल लगायतका रहनुभएको थियो ।

उक्त कार्यशाला संचालन गर्नका लागि जब डाइनामिक्सका निर्देशक प्रयासराज उपाध्याय, फ्रि म्यान इन्जिनियरिंग कन्सट्रक्सन कम्पनीका फाउण्डर सपोज घिमिरे, कलेजका एसोसिएट प्रोफेसर दिपेश प्रकाश गुरागाई र विनय श्रेष्ठ, सोलुशन व्रिज इन्टिच्युटका फाउन्डर सागर खनाल लगायतले सहयोग गर्नुभएको थियो ।

 कार्यक्रमको प्रमुख अतिथिको रुपमा चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, कलेजका उपप्राचार्य दीपक धामी, कलेजकै एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी लगायतका रहनु भएको थियो ।

+2 School
Counseling
Bachelors Portal