SEE Result 2082

शिक्षा नीति समयसापेक्ष बनाउन जोड

खस्यौली, ३ पुस (रासस) : शिक्षा ऐन तथा नियमावलीलाई समयसापेक्ष बनाउन सरोकारवालाले जोड दिएका छन् । 

रिपोर्टर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय शैक्षिक बहसमा सरोकारवालाले शिक्षाले मुलुकलाई आवश्यक हुने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुलुक शिक्षा निःशुल्क वा सशुल्क गर्ने भन्ने अनावश्यक बहसमा फसेको उल्लेख गर्दै अहिलेको शिक्षा गुणस्तरीय हुनुपर्ने बताउनुभयो । 

उहाँले गरीबीको रेखामुनि रहेका नागरिकका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिँदै ५ नं प्रदेशमा कस्तो पाठ्यक्रम बनाउने विषयमा तयारी भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “मैले केही निजी विद्यालय हेरे केहीमा पङ्खा छैन, विद्यार्थी कोचेर राखिएको छ, विद्यालयको थोत्रा बस छन् यसलाई सुधार गर्न आवश्यक छ ।” 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), प्रदेश नं ५ का अध्यक्ष कृष्ण खनालले निजी विद्यालयमा सन्त्रास पैदा गर्ने काम भएको उल्लेख गर्दै सरकारले एकातिर निजी विद्यालयलाई प्रोत्साहित र अर्कोतिर निरुत्साहित गरेको बताउनुभयो । 

नेशनल प्याब्सन प्रदेश नं ५ का अध्यक्ष सुबोधकुमार डाँगीले शिक्षासम्बन्धी अवधारणा प्रस्तुत गर्दै शिक्षा नीति समयानुकूल बनाउन आग्रह गर्नुभयो । पुस्तक तथा स्टेशनरी व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष हरि अर्यालले एउटै पोशाक वा एउटै पाठ्यक्रमको विषय व्यावहारिक हुन नसक्ने उल्लेखमा जोड दिँदै शैक्षिक उन्नतिका लागि फरक फरक पाठ्यपुस्तक आवश्यक भएको दाबी गर्नुभयो । 

+2 School
Counseling
Bachelors Portal