CMAT

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल

राजविराज, ११ पुस (रासस) ः अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । 

सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ । विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक हडतालमा उत्रिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको सचिव यादवले बताउनुभयो । 

जिल्लामा रहेको ४१२ सामुदायिक विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक सङ्घ सप्तरीका अध्यक्ष दिनेश यादवले बताउनुभयो । यसैबीच सामुदायिक विद्यालय आज बन्द हुँदा पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् 

Thuprai - Books and E-books