Bachelors Portal

विद्यार्थीलाई शैक्षिक सामग्री

बेझाड, १२ पुस (रासस)ः लायन्स क्लब अफ रामपुर, पाल्पाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले रामपुर नगरपालिका–७ सर्पराजस्थित विजय प्राविमा अध्ययनरत ५४ विद्यार्थीलाई कापी, कलम र खाद्यान्न सामग्री वितरण गरेको क्लबका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

विद्यार्थीलाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री सहयोग गरेको उहाँले बताउनुभयो । क्लबले अन्य विद्यालयलाई समेत बेला बेलामा सहयोग गर्दै आएको छ । 

Thuprai - Books and E-books