Bachelors Portal

पहिरोका कारण मधेस प्रदेशका ११हजार बढीको पठनपाठन प्रभावित

Managed Admission 2022

अत्याधिक  वर्षापछि आएको बाढी, पहिरोका कारण मधेश प्रदेशका मात्र १० हजार ९०० विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।  प्राकृतिक विपद्‌बाट १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको छ भने सोही कारण देशको विभिन्न ठाउँ बाट  हिजो साझ पाँच बजेसम्म  प्राप्त विवरण अनुसार ८ जना विद्यार्थीको मृत्यु भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार  बुटवलको कालिका मानव ज्ञान माविका लुई जना विद्यार्थी सहित ८ जनाको निधन भएको भएको हो ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको छ  । उक्त विद्यालयको कक्षा ८ देखि ९ कक्षामा अध्ययनरत विद्यार्थीहरूको मृत्यु भएको उनले बताए ।

पछिल्लो जानकार अनुसार बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालय  प्रभावित  भएका  छन् ।

तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको मन्त्रालयले  छ ।

रसुवाका तीन विद्यालय, सिन्धुलीका २ विद्यालय, तेह्रथुमको १ विद्यालय, मकवानपुरको ३ विद्यालय, हुम्लाको १ विद्यालय, जाजरकोटको १ विद्यालय, पाचँथरको  १ विद्यालय, मोरङको १ विद्यालय, तथा सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ विद्यालयमा क्षति पुगेको  मन्त्रालयले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सिन्धुलीबाट ५० जना शिक्षक तथा विद्यार्थीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । सिन्धुलीको कुशेश्वर दुम्जा गाउँपालिकामा रहेको महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

त्यस्तै सिन्धुलीकै सुनकोशी गाउँपालिकास्थित पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको र १७ जना फरक क्षमता भएका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको  जनाएको छ ।

Select college / campus