After SEE Portal

शिक्षामन्त्री फ्रान्स प्रस्थान

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति फ्रान्सको राजधानी पेरिस प्रस्थान गरे । 

विश्वका १९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकलाई शिक्षामन्त्री एवं युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युनेस्कोको मुख्यालयमा नोभेम्बर ९ तारिखदेखि जारी महासभामा उनले राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको लक्ष्य नं. ४ अन्तर्गत शिक्षा क्षेत्रमा प्राप्त भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सहभागी मुलुकका शिक्षामन्त्रीको बैठकमा उनले विश्वव्यापी आधुनिक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्ने शिक्षामन्त्रीका निजी सचिवालयले जनाएको छ ।  

शिक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ तारिखसम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महासभामा शिक्षा सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि दीपक अधिकारी र युनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारीको पनि सहभागिता रहनेछ । 

A Levels MA
Thuprai - Books and E-books