After SEE Portal

कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन शिक्षा मन्त्रीको निर्देशन

Bridge Course

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र कक्षा १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्ड तथा सम्पूर्ण सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् । बैशाख १५ गतेबाट कक्षा १२ र बैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुँदै छ ।

गत चैत्र महिनामा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रश्नपत्र बाहिरिएको भएको घटनालाई स्मरण गर्दै तेस्तो कुनै पनि कार्य हुन नदिन राष्ट्रिय परीक्षा बोर्डलाई  २२ बुदे निर्देशन दिईएको छ ।

'विद्यार्थीहरु राष्ट्रका अमूल्य गहना हुन् । हाम्रो परीक्षा प्रणालीका आन्तरिक तथा बाह्य कारणले कुनै पनि परीक्षार्थीले कुनै प्रकारको प्रतिकुलता महशुस गर्न वा भोग्न नपरोस् । परीक्षा प्रणालीमा सानो भन्दा सानो त्रुटी हुन गएमा पनि व्यक्ति, समाज र राष्ट्रलाई नै क्षति पुग्ने कुरामा मन्त्रालय गम्भीर रहेकोले परीक्षा सञ्चालनमा व्यापक सुधार गरी अघि बढ्न राष्ट्रिय परीक्षा बोर्डलाई अनुरोध गर्दछु'  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठ -



A Levels MA