After SEE Portal

शिक्षकमा यी गुण छन् त ?

Bridge Course

शिक्षकमा हुनुपर्ने गुणका बारेमा लामै वहस गर्न सकिएला । सकिन्छ । पछिल्ला केही वर्षयता शिक्षकका लागि आचारसंहिता बनाउनुपर्ने अवस्था विद्यालयमा सिर्जना भएको देखिन्छ । शिक्षकका लागि तयार गरिएका आचारसंहितालाई विद्यालयका भित्तामा देख्न सकिन्छ । ती कार्यान्वयन भइरहेका छन् वा भित्तामा मात्र शोभायमान छन् अर्को खोजी र चासोको विषय बन्नसक्दछ ।

१०२ वर्षअघि अर्थात् १९७४ साल फागुन २८ गतेको गोरखापत्रमा ‘शिक्षकको गुण’ शीर्षकमा एउटा आलेख छापिएको थियो । त्यो कसले लेखेको थियो भन्ने उल्लेख छैन । यसको अध्ययनपछि त्यो बेला र अहिलेकोमा के कति भिन्नता रह्यो भन्ने विश्लेषण गर्न पक्कै सहयोग गर्दछ । अहिले पनि उत्तिकै सान्दर्भिक रहेको त्यस सामग्रीलाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ : 

  • धीरता शिक्षकको बडो भारी गुण हो । जो शिक्षक धीरवान हुँदैन त्यसबाट घबडाहटको कारण कै एक अकर्तव्य काम् पनी हुन जान्छ ।
  • शिक्षक ढाँचा–काँचा–चाल–चलन, बस, उठ, बातचित, लवाइ खवाइ, यस्तो हवोस् कि केटाकेटीको मन आफसे आफ तेसतर्फ खिँचियोस् ।
  • मौका अनुसारको युक्ति निकाल्नु पर्दछ ।
  • जुन बखतमा जस्तो बात् आइ पर्दछ त्यस बखत् त्यस्को उस्तै ठीक् उत्तर दिनालाई तयार रहनुपर्दछ । यो बडो भारी गुण हो । यो कुरो त्यसै हुँदैन, अभ्यासले अनुभवले बुद्धिले मात्र हुन्छ ।
  • जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिन्का शिष्यहरु पनी प्रसन्न रहने गर्दछन् । हाँसी खुशी साथ नञा नञा कुरा सित्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँछन् तिनीहरुका शिष्यहरु पनी ध्यान पूर्वक मन लगायेर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।
  • शिक्षकमा अपूर्व सहन शक्ति हुनु पर्दछ । जो शिक्षक जति कष्ट सहन शक्त छ ऊ उत्ति सफलता प्राप्त गर्न शक्तछ ।
  • शिक्षकको कर्तव्य छ कि आफ्ना प्रत्येक कामहरुमा नूतनत्व ल्याउने कोशिस गर्नुपर्छ । पैल्हे यस्तो थियो यस्तै गर्नुपर्छ भन्ने तिरमात्र नलाग्नू, त्यस्मा के त्रुटी छ यो विचार गरिकन त्यसलाई सुधारेर नञा रुप गराउने कुरा तिर लाग्नु पर्छ ।
  • सूक्ष्म दृष्टि गुण भएका शिक्षक कहिले पनि ठगिदैनन् वा चुक्दैनन् ।
  • जस्तो सुकै विपत्ती आइ परेता पनि निराश कदापी नभयेर बरु धीरताका साथ काम गर्नु पर्दछ ।
  • शिक्षकहरुमा फूर्ति पनि अवश्य चाहिन्छ । खुब जाँगरिलो हुनु पर्दछ ।
  • क्षण क्षणमा कैले रिस कैल्हे खुस, कैल्हे झर्को फर्को कैले बडो प्रेम कैले हास्नु कैले रुनु यस्तो ठीक हुँदैन । शिक्षकले सकेसम्म आफ्नु स्वभाव एक नास्को राख्नुपर्दछ ।
  • देख्ने र सुन्ने तीब्र शक्ति भएका शिक्षकका आखा कानहरुदेखि बचाएर कुनै बालक पनि खराब काम गर्न पाउँदैनन् ।
  • जति शिक्षक असल भयो, उति शिष्यहरु असल हुन्छन् ।
  • शिष्यहरु गुरुले पढाएको विद्या मात्र लिँदैनन् कि गुरुको आचार व्यवहार चाल चलन समेत लिन्छन् । यस कारण गुरुले जसरी हुन्छ तापनि असल व्यवहार चाल चलन आचरण गर्नुपर्दछ । यसो भयो भने सबैको कल्याण हुन्छ । नक्र हुन शत्तैन ।
  • शिक्षकका निम्ति यो अत्यन्त आवश्यक छ कि योग्या योग्यको खुब विचार गर्नु । प्रत्येक कुरालाई यथायोग्य महत्व दिनु ।
A Levels MA