After SEE Portal

राष्ट्रपतिद्वारा निर्देशन

Bridge Course

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिएकी छिन् ।

शितल निवासमा आज आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रीत भई अघि बढ्न निर्देशन दिइन् । उनले पूर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्ने गरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्नेगरी निर्देशन दिएकी थिइन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) प्रा. डा. उषा झा, शिक्षा सचिव गोपीनाथ मैनाली, शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुख डा. तुलसी थपलिया र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको उपस्थिति थियो ।

सरकारको चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम तथा योजनामा उल्लेख भएको कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउन मन्त्री श्रेष्ठसहितको टोली आज शितल निवास पुगेको थियो । 

छलफल कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले लक्ष्यअनुसार कार्यक्रमलाई अघि बढाउन सिङ्गो मन्त्रालय लागि परेको जानकारी दिए । कार्यक्रमको बारे जानकारी गराउने क्रममा मन्त्री श्रेष्ठले हालसम्म गरेको कार्यप्रगतिको बारेमा जानकारी दिएका थिए ।

उनले कार्यक्रमको लक्षित बजेटअनुसार काम गर्न प्रकृया अघि बढाइएको जानकारी दिए । आयोगका सदस्य डा. झाले बजेटमा उल्लेख भएका विषयलाई तत्काल कार्यान्वयन गर्नेगरी अघि बढाइनुपर्ने बताइन् । कोभिड–१९ का कारण गत आवमा कार्यान्वयन हुन नसकेको बजेट चालु आवमा कार्यान्वयन हुनेगरी प्रकृया अघि बढाइएको छ । सो क्रममा कार्यक्रमबारे सहसचिव डा. थपलिया र महानिर्देशक अर्यालले कार्यक्रमको उद्देश्य र मोडालिटीको बारेमा जानकारी दिएका थिए ।  

A Levels MA